Breaking News
क्याम्पसको आफ्नै भवनका लागि जग्गा हस्तान्तरण : रौतहटको शिक्षामा नयाँ आयाम

क्याम्पसको आफ्नै भवनका लागि जग्गा हस्तान्तरण : रौतहटको शिक्षामा नयाँ आयाम

स्थानियन्यूज, रौतहट, चैत ०४ गते।
रौतहट जिल्लाको शैक्षिक विकासमा एउटा महत्वपूर्ण उपलब्धि थपिएको छ। राजर्षि जनक विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेको पण्डित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पसको आफ्नै सुविधासम्पन्न भवन निर्माणका लागि आवश्यक जग्गा हस्तान्तरण गरिएको छ।
गौर नगरपालिका-२ मा सञ्चालन हुँदै आएको उक्त क्याम्पसका लागि गौर नगरपालिका वडा नं. ८ मा रहेको ३-७-० क्षेत्रफलको जग्गा औपचारिक रूपमा विश्वविद्यालयलाई प्रदान गरिएको हो। गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले विश्वविद्यालयका उपकुलपति अमर यादवलाई उक्त जग्गा विधिवत रूपमा हस्तान्तरण गरेका छन।
यस जग्गा हस्तान्तरणसँगै क्याम्पसको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढ्नेछ, जसले शैक्षिक पूर्वाधारलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। हाल भाडाको संरचनामा सञ्चालन भइरहेको क्याम्पसले अब आफ्नै आधुनिक भवन पाएपछि पठनपाठनको गुणस्तरमा समेत सुधार आउने विश्वास गरिएको छ।
त्यसैगरी, आगामी दिनमा नयाँ संकाय (Faculty) हरू सञ्चालनमा ल्याई जिल्लाका विद्यार्थीहरूलाई गुणस्तरीय र सहज उच्च शिक्षा उपलब्ध गराउने लक्ष्य लिइएको छ। स्थानीय तह र विश्वविद्यालयबीचको सहकार्यले रौतहटलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्ने मार्ग समेत प्रशस्त गरेको सरोकारवालाहरूले बताएका छन। नगर प्रमुख साहको यस्तो सराहनीय कार्यले रौतहटको शिक्षा क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*