स्थानियन्यूज,सर्लाही, चैत ०४ गते।
सर्लाहीको लालबन्दी नगरपालिका ले रिक्त दरबन्दीमा स्थायी शिक्षक सरुवा सम्बन्धी महत्वपूर्ण सूचना जारी गरेको छ। नगर कार्यपालिकाको कार्यालयले प्रकाशित गरेको उक्त सूचनामा प्राथमिक तह तृतीय श्रेणीका स्थायी शिक्षकहरूलाई सरुवाका लागि आवेदन दिन आह्वान गरिएको छ।
नगरपालिकाका अनुसार वडा नं. १० स्थित श्री माध्यमिक विद्यालय चन्द्रपुर बाट मिति २०८२/१२/०२ गते प्राप्त अनुरोधका आधारमा सो विद्यालयमा रिक्त रहेको पदपूर्तिका लागि प्रक्रिया अघि बढाइएको हो।
सूचनाअनुसार इच्छुक स्थायी शिक्षकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र शिक्षा नियमावलीको अनुसूची-१७ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ। निवेदन पेश गर्दा सम्बन्धित विद्यालय, स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइ को सहमति अनिवार्य गरिएको छ।
यस प्रक्रिया शिक्षक सरुवा सम्बन्धि निर्देशिका २०८१ को दफा ९ अनुसार सञ्चालन गरिने जनाइएको छ। साथै, तोकिएको म्यादभित्र विद्यालयको इमेलमार्फत पनि निवेदन पेश गर्न सकिने सुविधा प्रदान गरिएको छ।
नगरपालिकाले स्पष्ट पारेको छ कि म्याद नाघी वा आवश्यक प्रक्रिया नपुगेका निवेदनहरू उपर कुनै कारबाही गरिने छैन।
उक्त सूचना शिक्षा विकास तथा समन्वय इकाई मलंगवा तथा सम्बन्धित विद्यालयलाई समेत बोधार्थ गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेल ले सूचना जारी गर्दै यस सम्बन्धमा जानकारी गराएका हुन।
Sthaniya News
