Breaking News
रौतहटमा मिटर ब्याजको आरोपमा एक जना पक्राउ

रौतहटमा मिटर ब्याजको आरोपमा एक जना पक्राउ

स्थानियन्यूज,रौतहट, चैत ०५ गते।
रौतहटमा बढ्दो मिटर ब्याजको समस्या नियन्त्रण गर्ने अभियान अन्तर्गत एक जना आरोपितलाई पक्राउ गरिएको छ। मिटर ब्याज विरुद्ध सक्रिय किसान मजदुर संघर्ष समितिको पहल तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा चन्द्रपुर नगरपालिका वडा नं.-४ का रामबाबु प्रसाद कलवारलाई बुधवार नियन्त्रणमा लिइएको हो।
समितिका संयोजक शिवशंकर महतोका अनुसार सीमापारी सम्बन्ध तथा दोहोरो नागरिकताको आरोपसमेत लागेका कलवारलाई समितिको सक्रियतामा पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको हो। उनले मिटर ब्याजबाट पीडित नागरिकको न्यायका लागि समितिले निरन्तर अभियान सञ्चालन गरिरहेको समेत जानकारी दिए।
उता, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता विष्णु प्रदीप बस्यालले कलवारविरुद्ध पहिले नै जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी दिए। पक्राउ परेका कलवारलाई कानुनी प्रक्रिया अघि बढाउन अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*