Breaking News
रौतहटको गुजरा-८ मा नाबालकको हत्या, परेनन आरोपी पक्राउ

रौतहटको गुजरा-८ मा नाबालकको हत्या, परेनन आरोपी पक्राउ

प्रेमचन्द्र झा
चैत्र ०९ गते

रौतहट । राजपुर नगरपालिका वडा नम्बर २ घर भई हाल गुजरा नगरपालिका वडा नम्बर ८, देवीपुर जोगौलिया टोलमा बस्ने १७ वर्षीय एक नावालकको हत्या भएको घटनाले स्थानीय क्षेत्रमा त्रास र आक्रोश फैलिएको छ। मृतकको पहिचान मोहम्मद एकरामुल हकका रूपमा भएको छ।
मृतकका बुबा शेख जमिल अख्तरका अनुसार उनका छोरालाई घरबाट बोलाएर लगिएको र योजनाबद्ध रूपमा २०८२ साल चैत्र ०४ गते राती हत्या गरिएको आरोप छ। उनले छिमेकीले नै छोराको हत्या गरी आफ्नै घरमा बन्द गरेर राखेको दाबी गरेका छन्।
“मेरो छोरालाई बोलाएर लगियो र हत्या गरियो। त्यसपछि शव लुकाउन छिमेकीको घरमै राखिएको थियो,” शेख जमिल अख्तरले भने।
घटना भएको पांच दिन बितिसक्दा पनि हत्यामा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडित परिवारले आक्रोश व्यक्त गरेको छ। उनीहरूले सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन्।
स्थानीय बासिन्दाहरूले पनि घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउन माग गरेका छन्।
प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रमुख डिएसपी रुपा लावुङ्गका अनुसार “घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको छ, दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याइनेछ।” पाेष्टमार्टमको रिपोर्ट नआई सक्दा सम्म केही भन्ने अवस्था नरहेकाे बताए ।हाल सम्म आरोपीलाई प्रहरीले पक्राउ नगरेका कारणले पिडित दोहरो मारमा परेका छन ।
यस घटनाले स्थानीय समुदायमा सुरक्षा र न्यायप्रति गम्भीर प्रश्न उठाएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*