Breaking News
भन्सार छलिको डिजेलसहित मोटरसाइकल नियन्त्रणमा, गौर भन्सारमा बुझाइयो

भन्सार छलिको डिजेलसहित मोटरसाइकल नियन्त्रणमा, गौर भन्सारमा बुझाइयो

रौतहट, बैशाख ०८ गते।
जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत खटिएको प्रहरी टोलीले भन्सार छली गरी ल्याइएको डिजेलसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मिति २०८३ वैशाख ७ गते साँझ करिब ५ बजे ईशनाथ नगरपालिका–५ स्थित क्षेत्रमा सवारी चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा डिजेल भित्र्याउँदै गरेको फेला परेको हो। प्रहरी चौकी जयनगरबाट खटिएको टोलीले ४ वटा जर्किनमा ल्याइएको करिब १०० लिटर डिजेल नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएको डिजेलको अनुमानित मूल्य रु. २३,४०० रहेको छ भने BR06BG2250 नम्बरको मोटरसाइकलसहित कुल रु. ७३,४०० बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उक्त अवैध सामान आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालय मा बुझाइएको छ।
प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्याल का अनुसार सीमावर्ती क्षेत्रमा हुने भन्सार छलि तथा अवैध कारोबार नियन्त्रणका लागि निगरानी थप कडा पारिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*