Breaking News
साढे १० महिनादेखि बन्द गौर बैरगनिया बोर्डर आजबाट आंशिक रुपमा खुल्ला

साढे १० महिनादेखि बन्द गौर बैरगनिया बोर्डर आजबाट आंशिक रुपमा खुल्ला

वीणा श्रीवास्तव । रौतहट । माघ २१ गते
बिगत साढे १० महिनादेखि बन्द रहेको रौतहटको गौर र भारत बिहारको बैरगनिया बोर्डर आजबाट आंशिक रुपमा खुलेको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोरोनाको कारण विगत साढे १० महिना देखि बन्द गौर बैरगनिया बिगतका दिनहरु भन्दा केही सहज भएको छ ।


आजबाट भारत तर्फको सिमानाका पूर्ण रुपमा खुलेको छ भने नेपाल तर्फको सिमानाका आंशिक रुपमा मात्र खुलेको देखिएको छ । ऐता बिगतका दिनमा गौर सिमानाका आंशिक रुपमा खुल्दा पैदल आवत जावत, एम्बुलेन्स, शव वाहन, जन्ती गाडी सहज रुपमा आवत जावत गर्न दिइएको थियो भने आजदेखि साइकिल सहित स्थानीयहरु ऋाउन जान थालेका छन । तर मोटरसाइकिल सहित अनय वाहन भने आवत जावतमा रोक लगाइएको छ ।
उता भारत तर्फको बैरगनिया सिमाानाका पूर्ण रुपमा खुलेका देखिएको छ । भारतीय एस एस बी ले सिमामा लगाइएको बैरियर पूर्ण रुपमा माथि उठाई दिएर आवत जावतमा सहज बनाई दिएको छ ।
“ सिमानाका खुलेको हल्ला सुनेर आफु मोटरसाईकिल सहित भारतबाट नेपाल जान खोज्दा भारतीय एस एस बी ले जान दिएको तर नेपाल तर्फको गौर सिमामा खटिने सुरक्षाकर्मीले मोटरसाईकिल सहित अन्य सवारी साधन आवत जावतको लागि आफुलाई कुनै औपचारिक रुपमा जानकारी नभएको भन्दै फिर्ता पठाएको रौतहटको जिङ्गडवा निवासी मोहम्मद अलीले गुनासो पोख्नुभयो ।’’
स्थानीयहरु भने पहिलाको जस्तो आवत जावत सहज हुन जरुरी रहेको बताएका छन । सिमानाका पूर्ण रुपमा खुलाएर सर्व सधारण जनताको मर्का बुझि दिन स्थानीयहरुले आग्रह समेत गरेका छन ।
जिल्ला प्रसाशन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले अबको केही दिनमा सिमानाकाबाट आम नागरिकलाई आवत जावत गर्न पूर्ण रुपमा सहज हुने बताउनु भएको छ ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*