आरएन पटेल । रौतहट । माघ २४ गते
रौतहटको देवाही गोनाही नगरपालिकामा खेल मैदानको लागि स्थलगत निरीक्षण कार्य गरिएको छ ।

नगर प्रमुख धर्मेन्द्र पटेलको अथक पहलकदमी, प्रयास एवं चुनावी प्रचारप्रसारका बखत स्थानीय युवा साथीसँग गर्नुभएको प्रतिबद्धताहरु अन्तर्गत वडा नं.६ कर्कचमा खेल मैदान (Karkach Sport Stadium) नामक किटानी गरेर निर्माण कार्य गर्ने बताउनु भयो ।

निर्माण कार्यको कुल संक्षिप्तमा लागत इस्टीमेट रू. २,२९,४२,००२.७६ (अक्षरेपी रू. दुइ करोड उनन्तीस लाख बयालीस हजार दुइ रूपैयाँ छिहतरी पैसा मात्र) रकम रहेको र रकमको ३०% पालिकाबाट व्यहोर्नुपर्ने मेयर पटेलले प्रतिबद्धता गरेका थिए ।

युवा तथा खेलकुद मन्त्रालयबाट स्वीकृत गराई निर्माण गर्ने प्रक्रिया अगाडि बढाउनुको निम्ति विधायक प्रत्यासी नेता बृज किशोर यादव, इश्वरी यादव, स्थानीय युवा प्रभावशाली नेताद्वय दिनेश जी, बिरबहादुर, महेश, किशनन्दन पटेल, पुनप्रताप पटेल, सागिर, राधेश्याम, विष्णु, काशी लगायत स्थानीय भद्र भलादमीहरूको उपस्थितिमा खेल मैदान निर्माण हुने स्थानमा पुगी स्थलगत निरीक्षण गर्नु भएको छ ।

Sthaniya News
