Breaking News
बौधिमाई मेयर कप २०८३: इनर्वाको सानदार जित, पिपरिया दोस्रो हारपछि प्रतियोगिताबाट बाहिर

बौधिमाई मेयर कप २०८३: इनर्वाको सानदार जित, पिपरिया दोस्रो हारपछि प्रतियोगिताबाट बाहिर

आरएन पटेल,रौतहट, बैशाख ०४ गते।
रौतहटको बौधिमाई नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिता २०८३ अन्तर्गत शुक्रवार सम्पन्न तेस्रो खेलमा वडा नं. २ इनर्वा टोलीले वडा नं. ६ पिपरिया टोलीमाथि सानदार जित हासिल गरेको छ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इनर्वा टोलीले निर्धारित १५ ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै १६३ रनको मजबुत योगफल तयार पारेको थियो। इनर्वाको जितमा संजित पटेलले शानदार ब्याटिङ गर्दै व्यक्तिगत ५४ रन बनाए। उनले बलिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गर्दै १.३ ओभरमा ४ विकेट लिँदै खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।
जवाफी ब्याटिङमा उत्रिएको पिपरिया टोलीले भने कमजोर सुरुवात गर्दै ९ ओभरमा मात्र ३७ रन बनाउँदा ६ विकेट गुमाएको थियो। खेलको अन्त्यतिर एम्पायरको निर्णयलाई लिएर पिपरिया टोलीले विवाद सिर्जना गर्न खोजेपछि आयोजकले खेल इनर्वा टोलीको पक्षमा निर्णय गर्दै विजयी घोषणा गरेको हो।
यससँगै पिपरिया टोली यसअघि पनि एक खेलमा पराजित भइसकेकाले लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ। उता, इनर्वा टोलीले पहिलो खेलपछि दोस्रो जित दर्ता गर्दै उत्कृष्ट लय कायम राखेको छ।
टोलीका कप्तान विजय पटेलका अनुसार इनर्वा टोलीले भोली शनिवार आफ्नो अर्को खेल खेल्नेछ। प्रतियोगितामा इनर्वाको प्रदर्शनले उपाधि दाबेदारी बलियो बनाएको देखिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*