आरएन पटेल । रौतहट । माघ २६ गते
बौधिमाई नगरपालिकाको कोपवा मठमा पार्वती मन्दिरको उदघाटन कार्य सम्पन्न भएको छ ।
रौतहट क्षेत्र नं. २ बिधान सभा ‘ख’ बाट निर्वाचित सम्मानिय प्रदेश सांसद राम किशोर यादव उर्फ किशोरी यादवको बिकास कोषबाट नवनिर्मित माता पार्वती मन्दिरको आज उद्घाटन गरिएको छ ।

बौद्धिमाई नगरपालिकाको वड़ा नं. ५ कोपवा बजारमा अवस्थित मठमा निर्माण भएको माता पार्वती मन्दिरको समुदघाटन कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद रामकिशोर प्रसाद यादवले आफ्नो कर कमलबाट उद्घाटन गर्नु भएको छ ।

यस अवसरमा उपस्थित सम्पुर्ण नेता कार्यकर्ताहरुलाई फूलमाला लगाई दोसल्ला ओढ़ाएर सम्मान गरिएको थियो । कार्यक्रममा बौद्धिमाई नगरपालिकाको नगर प्रमुख राजीव रंजन यादव,शिक्षक कामेश्वर प्रसाद यादव, ओमप्रकाश यादव लगायत दर्जनौ नेता कार्यकर्ता र स्थानीय बासिहरुको उपस्थिति रहेको थियो ।
Sthaniya News
