रौतहट, बैशाख ०३ गते।
रौतहटको बौधिमाई नगरपालिकामा सञ्चालन भइरहेको मेयर कप क्रिकेट प्रतियोगिताका लागि बौधिमाई–२, इनर्वा क्रिकेट टिमलाई स्थानीय युवा नेता दिलीप कुमार पटेल ले ब्याट सहयोग प्रदान गर्नुभएको छ।
उहाँले आफ्नै निजी लगानीमा खेल सामग्री उपलब्ध गराउँदै टिमलाई हौसला प्रदान गर्नुभएको हो। प्रतियोगिताको तयारीमा रहेका खेलाडीहरूका लागि उक्त सहयोग महत्वपूर्ण भएको टिमका सदस्यहरूले बताएका छन्।
ब्याट सहयोग पाएपछि उत्साहित बनेका इनर्वा क्रिकेट टिमका खेलाडीहरूले युवा नेता पटेलप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनीहरूले यस्तो सहयोगले खेलप्रति थप प्रेरणा मिलेको र प्रतियोगितामा राम्रो प्रदर्शन गर्न ऊर्जा थपिएको बताएका छन्।
स्थानीय स्तरमा खेलकुद प्रवर्द्धन गर्न यस्ता पहल आवश्यक रहेको भन्दै सरोकारवालाहरूले पनि प्रशंसा गरेका छन्। युवा नेता पटेलको यस कदमले बौधिमाई क्षेत्रमा खेलकुद विकासमा सकारात्मक सन्देश दिएको छ।

Sthaniya News
