Breaking News
यमुनामाईमा संचालित ८ दिने उद्यमशिलता विकास तालिम सम्पन्न

यमुनामाईमा संचालित ८ दिने उद्यमशिलता विकास तालिम सम्पन्न

आरएन पटेल । रौतहट । माघ ३० गते
यमुनामाई गाउँपालिकामा उधमशिलता विकास तालिम सम्पन्न भएको छ । यमुनामाई गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय सरुअठा रौतहटको आयोजनामा बिहिवार सो तालिमको आयोजन गरिएको थियो । यमुनामाई गाँउपालिकामा संचालित ८ दिने उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत यस चालु आर्थिक वर्ष २०७७।०७८ मा गाँउपालिका भित्रका ८० जना गरिब, बिपन्न बर्ग, सिमान्तकृत तथा पिछडिएका समुदायका ब्यक्तिहरुलाई नयाँ उद्यमी सृजना गर्ने उदेश्यले यमुनामाई गाँउपालिका वडा नम्बर ५ झुनखुनवाका ४० जना लाभग्राहीहरुलाई तालिममा सहभागिता रहेको थियो । यस आर्थिक वर्ष पालिकाको वडा नम्बर ३ र ५ मा कार्यक्रम संचालन गरिएको शुरुआतमा वडा नं. ५ का ४० जना लाभगा्रहीहरुका लागि तालिम सम्पन्न भएको र तुरुन्तै वडा नं. ३ का बाँकीका ४० जनाका लागि तालिम आयोजना गरिने कार्यक्रम रहेको कार्यक्रमका फोकल पर्सन राम अधार प्रसाद यादवले जानकारी दिनु भयो । यमुनामाई गाँउपालिका वडा नं. ५ को सभा कक्षमा संचालित तालिमको सहजिकरण कार्यक्रमका उद्यम बिकास सहजकर्ता प्रदीप ठाकुर र मुकेश कुमार साहले गर्नु भएको थियो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*