Breaking News
स्थानीयलाई उचाली विओपीमा आक्रमण गराएको आरोपमा वडाध्यक्ष कुशवाहा पक्राउ पछि रिहा

स्थानीयलाई उचाली विओपीमा आक्रमण गराएको आरोपमा वडाध्यक्ष कुशवाहा पक्राउ पछि रिहा

आरएन पटेल । रौतहट । फाल्गुन ०१ गते
रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष पक्राउ परेका छन् । पशु तस्करलाई सघाउँदै प्रहरीमाथी आक्रमण गर्न लगाएको आरोपमा वडाध्यक्ष विजय प्रसाद कुश्वाहालाई प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको बिओपी बंकुलमा स्थानीयहरुलाई उचालेर आक्रमण गरी तस्करबाट बरामद गरेको पशु चौपायालाई भगाएर अपराध गरेको अभियोगमा शुक्रवार जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाहले बताए ।

सशस्त्र प्रहरीले भारतबाट नेपाल प्रवेश गरेको भैंसी पाडालाई गत माघ १० गते बरामद गरेर बिओपीमा राखेका थिए । नियन्त्रणमा रहेको भैंसी पाडालाइ आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय तर्फ पठाउनु अघि स्थानीयलाई उचाली विओपीमा आक्रमण गराएर बरामद गरिएको भंैसी भगाएको तथा स्थानीयको आक्रमणबाट बिओपीमा क्षति पुगेपछि शान्ति सुरक्षामा खलल पुर्याएकोमा उनी माथि पक्राउ पुर्जी जारी गरिएको थियो ।
पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष कुश्वाहा लुक्दै आएको भएपनि शुक्रवार प्रहरीले नियन्त्रणमा लिएइता पनि आवश्यक अनुसन्धान पछि कार्यालय खुलेकै दिनमा उपस्थित हुने शर्तमा वडा नम्वर ६ को वडाध्यक्षको जिम्मा जमानीमा कुश्वाहालाई अहिले छाडिएको उपरिक्षक शाहले जानकारी दिए ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*