Breaking News
माधवनारायण नपा मिठुआवाको दशै रामको हत्यामा संलग्न रहेको प्रतिवादी पक्राउ

माधवनारायण नपा मिठुआवाको दशै रामको हत्यामा संलग्न रहेको प्रतिवादी पक्राउ

आरएन पटेल । गरुडा । फाल्गुन ३ गते
रौतहटको माधवनारायण नपा मिठुआवाको दशै रामको हत्यामा संलग्न रहेको प्रतिवादी पक्राउ परेको छ ।
बितेको मंसिर १४ गते राती करिब ८ बजेको समयमा रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा टोल बस्ने रामवृक्ष रामको छोरा अन्दाजी ४५ वर्षको दशै राम र सोही नगरपालिका वडा नम्बर ४ मानपुर टोल बस्ने हरदेव मुखियाको २४ वर्षीय छोरा रामु मुखिया विन दुबै जना संगै बाहिरबाट आएको थियो । रामु मुखिया विनले आफ्नो घरमा जान डर लागि रहेको भनि मेरो घर सम्म पुर्‍याई दिनु भन्दै संगै आएको रामु मुखिया बिनले भनेकोमा उनलाई पुर्‍याएर आउँछु भनि दशै रामले रामुलाई उसको घर सम्म पुर्‍याउन गएको थियो । पुर्‍याउन गएका राम घरमा फर्की नआपछि उनलाई खोज तलास गर्ने कार्य जारी गरिएको थियो । खोजीको क्रममा मंसिर १५ गते विहान करिब ११ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्बर ४ मानपुर बिसुनपुर्वा स्थित लक्ष्मी साह सोनारको खेतमा दशै राम मृत अवस्थामा फेला परेको थियो । तत्काल जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी उपरीक्षक शिद्धी बिक्रम शाह र ईलाका प्रहरी कार्यालय गरुडा रौतहटबाट प्रहरी नायब उपरीक्षक रवि रावलको कमाण्डमा अनुसन्धान टोली खटि घटनाको छानबीन गरेको थियो । छानबीन गर्न तालिम प्राप्त कुकुरलाई घटनास्थलमा बोलाई सुक्षम तरिकाले अनुसन्धान गर्दा विवादको कारण माधवनारायण न।पा। ४ मानपुर टोल बस्ने हरदेव मुखियाको छोरा २४ वर्षको रामु मुखिया बिनले दशै रामलाई निजकै घरबाट साथमा बोलाई ल्याई छाती र मुखमा ठोस बस्तुले प्रहार गरी ज्यान मारेको प्रहरीको प्राम्भिक अनुसन्धानबाट बुझिन आयो । घटना पछि रामु मुखिया बिन भारत र सिमावर्ती क्षेत्रमा लुकी छिपी बसेको थियो । निजलाई खोज तलास तथा पक्राउको लागी ईलाका प्रहरी कार्यालय गरुडा रौतहटबाट खटेको बिशेष टोलीले खोज तलास गर्ने क्रममा रामु मुखिया बिन माघ ३० गते बेलुका करिब ६ बजेको समयमा पक्राउ परेको हो । कटहरिया नगरपालिकाको वडा नम्बर ५ कटहरिया बजारमा लुकी छिपी हिडेको अवस्थामा पक्राउ परेको हो । पक्राउ परेका रामु मुखियालाई सम्मानित रौतहट जिल्ला अदालतबाट दिन १० को म्यद थप अनुमती लिई ईलाका प्रहरी कार्यालय गरुडा रौतहटको न्यायीक हिरासतमा राखी अनुसन्धान भई रहेको ईप्रका गरुडाले जनाएको छ ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*