Breaking News
सामाजिक संजालमा भ्यालेन्टाइन डे मनाउने युवाहरुको संख्यामा बढोतरी

सामाजिक संजालमा भ्यालेन्टाइन डे मनाउने युवाहरुको संख्यामा बढोतरी

आरएन पटेल । रौतहट । फाल्गुन ३ गते
सामाजिक संजालमा भ्यालेन्टाइन डे मनाउने युवाहरुको संख्यामा बृद्धि भएको देखिएको छ । आज १४ फेब्रुअरी अर्थात प्रणय दिवसको अवसरमा सामाजिक संजाल फेसबुकमा युवा पिढ़ीका व्यक्तिहरुले आफ्नो प्रेम प्रियसंगैको तस्विर राखी प्रेम प्रसंग दर्साएका छन ।


प्रणय दिवस अर्थात प्रेम दिवसको अवसर पाएर प्रेमीले प्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ ।
यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवा पुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ । यससँगै विवाहित युवा जोडीहरुले आफ्नो श्रीमान श्रीमतीको तस्विर सामाजिक संजाल फेसबुकमा राखेर प्रेम प्रसंग दर्साएका छन ।


प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको बताइन्छ । यो दिवस अहिले विश्वभर चर्चित छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुवरीकमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको छ ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*