Breaking News
चन्द्रपुरमा नयाँ नेपाल अपांग संघको आयोजनामा अपांगहरुलाई कम्बल बितरण

चन्द्रपुरमा नयाँ नेपाल अपांग संघको आयोजनामा अपांगहरुलाई कम्बल बितरण

आरएन पटेल । रौतहट । फागुन ०६ गते
रौतहटको चन्द्रपुरमा नयाँ नेपाल अपांग संघको आयोजनामा अपांगहरुलाई कम्बल बितरण गरिएको छ ।


जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ र ६ मा बुधबार संयुक्त रुपमा कार्यक्रम आयोजना गरि करिब १ सय जना अपांगहरुलाई कम्बल बितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोग तथा नयाँ नेपाल अपांग संघ रौतहट जिल्ला कार्य समितिको आयोजनामा एक कार्यक्रम बिच दुइटै वडाका करिब १०० जना अपांगहरुलाई चिसोबाट बच्न न्यानोको लागि कम्बल बितरण गरिएको हो ।


कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित श्री जन ज्योति माध्यमिक बिद्यालएको प्राँगनमा भएको थियो । चन्द्रपुर नपा वडा नम्बर ५ को वडा अध्यक्ष संजय काफलेको रोहबरमा उक्त कम्बल बितरण गरिएको हो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष ललन कुमार झा, नेपाल रेडक्रस सोसाइटीका उपसभापति सपूत बहादुर कार्की,जिल्ला शाखा सदस्य तथा उपशाखा चन्द्रपुरका अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगायत सर्व साधारणको उपस्थिति रहेको थियो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*