आरएन पटेल । रौतहट । फाल्गुन ७ गते
रौतहटको गुजरा नगरपालिकामा शहरी विकास मंन्त्री प्रभु साहद्वारा एकै साथ सडकको उदघाटन तथा गुजरा पुलकों शिलान्यास गरिएको छ ।

क्षेत्र नं ३ अन्तर्गत गुजरा नगरपालिकामा बिहीबार शहरी विकास मंन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय विरगञ्जबाट गुजरा नगरपालिकामा निर्मित बालचनपुर देखि जंगलसहिया सम्म र परसवा देखि पल्टुवा – खत्वहिया सम्मको कालोपत्रे सडकखण्डको समुद्घाटन गरेका हुन ।
यसका साथै गुजरा पुलको पनि शिलान्यास गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले उद्घाटन गरेको पुल २ बर्षभित्र सम्पन्न गर्नु पर्ने समयावधि रहेको भएतापनि त्योे समय भन्दा अगाडी सम्पन्न हुनेमा विश्वस्त रहेकोे बताउनु भयो ।

शिलान्यास कार्यक्रममा बिधायक कुन्दन कुशवाहा, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,सडक डिभिजन कार्यालयका प्रमुख बिनोद रौनियार , नेपाल प्रहरी प्रमुख सिद्धी विक्रम शाह, शस्त्र प्रहरी प्रमुख सुर्य सेन ओली, कटहरिया नगर प्रमुख सियाराम कुशवाहा, मौलापुरका नगर प्रमुख रिना कुमारी साह, शहरी बिकास मन्त्री प्रभु साहको स्वकीय सचिव बिजय यादव निर्जीव, बौधीमाई नगरपालिका मेयर प्रत्यासी त्रिभुवन साह र गुजरा नगरपालिका मेयर प्रत्यासी पलट चौधरी लगायत नेकपा ओली समुहका नेता कार्यकर्ता, भद्रभलादमी, बुद्धिजीवी, संचारकर्मी तथा सर्व साधारण स्थानीय बासीहरुको उपस्थित रहेको थियो ।
Sthaniya News
