Breaking News
बृन्दावनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मेयर यादवद्धारा उदघाट्न

बृन्दावनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मेयर यादवद्धारा उदघाट्न

आरएन पटेल । रौतहट । फाल्गुन १५ गते
रौतहटको बृन्दावन नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बृन्दावन नगरपालिका ३ मा वि विश्रामपुरको आयोजनामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उक्त समारोहलाई नगर प्रमुख रामस्नेही राय यादवले विधिवत्त तरिकाले उदघाट्न गर्नु भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने नाराका साथ बृन्दावन नपामा सुरु भएको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले युवा तथा बालबालिकाहरुमा नया जोश जागर थप्ने कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख रामस्नेही राय यादवले बताए । कार्यक्रममा बृन्दावन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र प्रसाद यादब, वडा अध्यक्ष श्यामनन्दन यादव, नगर प्रवक्ता गजेन्द्र पाल, वडा नम्बर ५ को वडा अध्यक्ष सुबोध झा लगायत विशिष्ट व्यक्तिहरु तथा युवा, बालबालिका र सर्वसधारणको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*