Breaking News
समाजिक संजालमा भ्रामक कुराको प्रचार गर्ने विकृती प्रति प्रमुख जिल्ला अधिकारी यादवको गम्भिर ध्यानकर्षण

समाजिक संजालमा भ्रामक कुराको प्रचार गर्ने विकृती प्रति प्रमुख जिल्ला अधिकारी यादवको गम्भिर ध्यानकर्षण

आरएन पटेल । रौतहट । फाल्गुन १७ गते

रौतहटको प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले समाजिक संजालको दुरुपयोग गर्ने जो – कोही माथि कारवाही गर्ने बताएका छन ।
आईतबार संचारकर्मी संग कुराकानी गदैँ यादवले रौतहटमा समाजिक संजालमा मनोमानी ढंगले लेख्ने, भ्रामक कुराको प्रचार गर्ने विकृती विसंगती बढेको प्रति आफनो गम्भिर ध्यानकर्षण भएको बताए ।
विभिन्न ब्यक्ति विशेषले समाजिक संजालमा विभिन्न सँघ–संस्थाको बारेमा भएभरको झुठा लेख्दै चरित्र हत्या गरि मानसिक तनाव दिने क्रियाकलाप र गुणासो बढेपछि यस विषय प्रति कडा कदम चाली दोषिलाई कानुनि दायरामा ल्याउने यादवले बताएका हुन । समबन्धित निकायमा दर्ता नै नगराई विभिन्न आईडी बनाई आफुले पत्रकार भन्ने गिरोहले पत्रकार र पत्रकारीताको गरीमामा आँच पुर्याएको भन्दै यादवले दुःख ब्यक्त गरे ।
अचार संहिताको धज्जि उडाएर केह ब्यक्ति बिशेषले समाजिक संजालको माध्यमबाट फैलाई रहेको प्रदुषण रोक्न अघि बढेपछि प्रजिअ यादवको चौतर्फि प्रशंसा भईरहेको छ । निकै कम समयमा जिल्लामा लोकप्रिय बन्न सफल यादवले चालेको कदमले समाजिक संजालको दुरुपयोग गर्नेहरुमा हडकम्प मचेको देखिन्छ ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*