Breaking News
काठ तस्करी हुँदै गरेको विशेष सूचनाका आधारमा वन सुरक्षा गस्ती टोलीद्धारा अवैध सालको काठ बरामद

काठ तस्करी हुँदै गरेको विशेष सूचनाका आधारमा वन सुरक्षा गस्ती टोलीद्धारा अवैध सालको काठ बरामद

आरएन पटेल । रौतहट । फाल्गुन १७ गते
रौतहटबाट वन सुरक्षा गस्ती टोलीले अवैध सालको काठ बरामद गरेको छ गुजरा नगरपालिका ३ स्थित सिमरी गाउँ नजिकैको धन्सार खोलामा ना५ त ५२ ४५ नम्बरको ट्याक्टरमा सालको काठ लोड अवस्थामा बरामद भएको सब डिभिजन बन कार्यालय जङ्गलसैयाका प्रमुख विमल ठाकुरले बताए ।
काठ तस्करी हुँदै गरेको विशेष सूचनाका आधारमा जङ्गलसैयाबाट वन सुरक्षा टोली खटिएको थियो । ठाकुरका अनुसार काठ तस्करीमा संलग्न भने भाग्न सफल भएका छन् । काठ सहितको सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि सब डिभिजन बन कार्यालय जङ्गलसैयामा पठाइएको. डिभिजन बन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले जानकारी दिए ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*