Breaking News
ईप्रका कटहरियामा फेरी भेटौला कार्यक्रम आयोजन गरि अन्सारीलाई विदाई तथा नयाँ इन्चार्ज कुर्मीलाई स्वागत

ईप्रका कटहरियामा फेरी भेटौला कार्यक्रम आयोजन गरि अन्सारीलाई विदाई तथा नयाँ इन्चार्ज कुर्मीलाई स्वागत

आरएन पटेल । रौतहट । फाल्गुन १७ गते
इलाका प्रहरी कार्यालय कटहरियाको नयाँ इन्चार्जको रुपमा महानन्द कुर्मीको आगमन भएको छ । आज एक कार्यक्रमका बिच वहाँलाइ स्वागत गरिएको हो । यस अघिका इन्चार्ज सइ लतिफ अन्सारीको सरुवा भए पछि वहाँको आगमन भएको हो । इप्रका कटहरियामा फेरी भेटौला कार्यक्रम आयोजन गरि अन्सारी लाइ विदाइ गरिएको हो । करिब साढे छ महिने आफनो कार्यकाल सकाएर वहाँ सरुवा हुनु भएको हो । आफनो कार्य अवधि भर वहाँले अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको अनुभुति दिलाउन वहाँ सफल हुनु भएको थियो । नयाँ इन्चार्जको रुपमा आएका कुर्मी सँग यस क्षेत्रका जनताहरुले त्यस्तै अपेक्षा राखेका छन् । बिदाइ तथा स्वागत समारोह कार्यक्रममा समाजसेवि नसरुदिन अन्सारी लगायत दर्जनौं व्यक्तीहरुको सहभागिता रहेको थियो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*