Breaking News
समानुपातिकतर्फ ३२ लाख मतगणना सकियो ।

समानुपातिकतर्फ ३२ लाख मतगणना सकियो ।

काठमाडौ, मसिर ९

प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा नेकपा एमालेले निरन्तर अग्रता लिइरहेको छ।

अहिले सम्म ३२ लाख १३ हजार मतगणना हुँदा एमाले ८ लाख ५० हजार ४४ मतका साथ अग्रस्थानमा छ। यो कुल खसेको मतको २६.५ प्रतिशत हो।

दोस्रो स्थानमा नेपाली कांग्रेस छ। कांग्रेसको ८ लाख १२ हजार ८ सय ७५ मत छ। यो कुल मतको २५.३ प्रतिशत हो।

समानुपातिकको तेस्रो स्थानमा गणना सुरू भएदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी छ। उक्त पार्टीले ४ लाख २ हजार ९ सय ४० मत प्राप्त गरेको छ, जुन कुल मतको १२.५ प्रतिशत मत हुन्छ।

स्वतन्त्र पार्टीभन्दा अलि कम मत नेकपा माओवादी केन्द्रको छ। माओवादीको ३ लाख ८४ हजार ८ सय ३९ मत छ, जुन कुल मतको १२ प्रतिशत हुन आउँछ।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको मत २ लाख १३ हजार ८ सय ९० र जनता समाजवादी पार्टीको १ लाख ९ हजार ९ सय ८४ मत छ। यो क्रमश: ६.७ र ३.४ प्रतिशत हुन आउँछ ।

मतगणनाको ट्रेन्ड हेर्दा जसपाले समानुपातिक सिट बाँडफाँटका लागि आवश्यक ३ प्रतिशत थ्रेसहोल्ड कटाउने देखिन्छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने दलहरूले प्राप्त गरेको मतका आधारमा ११० सिट बाँडफाँट हुनेछ। मतपरिणामको जारी ट्रेन्ड कायम रहे एमालेले ३५, कांग्रेसले ३४, स्वतन्त्र पार्टीले १७, माओवादी केन्द्रले १६, राप्रपाले ९ र जसपाले ४ सिट प्राप्त गर्ने देखिन्छ।

तर अझै झन्डै ७० लाख मत गन्न बाँकी रहेकाले सिट बाँडफाँटबारे निर्क्यौल गर्न सकिँदैन। साभार :- सेतोपाटी

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*