Breaking News
मेयर कुर्मीद्धारा समुदायिक भवनको शिलान्यास, छिटै वडाबासीले प्रयोग गर्न पाउने

मेयर कुर्मीद्धारा समुदायिक भवनको शिलान्यास, छिटै वडाबासीले प्रयोग गर्न पाउने

अभिमनु पटेल – रौतहट ।
रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा ९ आकडपाथर टोलमा सामुदायिक भवन शिलान्यास भएको छ ।
आज एक कार्यक्रम बिच समुदाय भवन निर्माणको लागि शिलान्यास कार्य गरिएको छ ।

बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले गाउँ-घरमा पूर्वाधार विकाससँगै सामाजिक विकास जनचेतना धेरै आवस्यक देखिएको बताए । भवन, नाला, सडक बिजुली र अन्य पूर्वाधारभन्दा निरन्तर चलिरहन्छ तर सामाजिक सद्भाव समुदाय बिचको भिन्नतालाई हटाएर समृद्ध समाज विकास निर्माणमा सक्रिय भई भेदभावलाई अन्त गर्न बढी महत्वपूर्ण भुमिका निर्वाह हुने खाचो देखिएको बताएका छन् ।

समाजमा धेरै अहिले पनि कमजोर वर्ग र परिवारको व्यक्तिहशर हुन जसले आफ्नो छोराछोरी बिहे, ब्रतबन्धन, भोजभतेर, वा सामूहिक समाजमा कुनै कार्य गर्न खोज्दा व्यवस्थित ठाउँ पाउन नसकेर कठिनाइक‍ो सामना गर्न बाध्य हुने भएकोले समुदाय भवन समाजमा अति आवश्यक रहेको हुनाले यस कार्यलाई अगाडि बढाइएको उनले बताए ।

समुदाय भवन निर्माण भएपछि धेरै कार्यको लागि प्रयोग हुनेछ । यो भवन निर्माणका लागि वडा स्तरीय योजनाबाट पारित भएको र यसको कुल लागत २० लाख रहेको छ भने यसबाट दुई कोठे भवन निर्माण हुने मेयर कुर्मीले जानकारी गराएका हुन । मेयर कुर्मीले ‘सामाजिक सदभाव कायम गर्न हरेक वर्ग मिलेर अगाडी बढनुपर्छ ।
भवन शिलान्यास कार्यक्रम वडाअध्यक्ष शेख प्रबेज आलमको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा वडाअध्यक्ष रवीन्द्र साह, उपभोक्ता समितिका अध्यक्ष लगायत अन्य समाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*