Breaking News
पत्रकार मेवालाल यादव प्रमाणपत्र र शिल्डबाट भारतमा सम्मानित ।

पत्रकार मेवालाल यादव प्रमाणपत्र र शिल्डबाट भारतमा सम्मानित ।

मेवालाल यादव
गोरखपुर, उत्तर प्रदेश।
पत्रकारले समाजमा घटेका घटनाको सत्यतथ्य जनतासामु ल्याउनुपर्छ तब मात्र आफ्नो विश्वसनीयता कायम रहन्छ । विश्वसनीयता पत्रकारिताको मूल धर्म हो । नेपाल सरकारका पूर्व मन्त्री मोहम्मद जाकिर हुसैनले यस्तो बताएका हुन् । एम.एस. इन्टर कलेज, गाेरखपुरमा भारतीय पत्रकार संघको चौथो राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिकाे रुपमा बोल्दै उनले यस्ताे भने । उनले राष्ट्रप्रतिको दायित्व निर्वाह गर्दै आम जनताको आवाज उठाउनुपर्ने बताए । पूर्वमन्त्री हुसैनले नेपाल-भारतकाे सम्बन्ध वैदिक कालदेखि नै प्रगाढ रहेकाे र कहिलेकाहिँ सामान्य असमझदारी बढ्दा आपसी वार्ताबाट समस्याकाे समाधान खाेजिँदै आएकाे र भारत-नेपालबीच सकारात्मक सहकार्य रहेकाे बताए ।

भारत सरकारका पूर्व राज्यमन्त्री पुष्पदन्त जैनले आरोही टेलिभिजनका संचालक मेवालाल यादवलाई भारतीय पत्रकार संघको चौथो राष्ट्रिय सम्मेलनमा प्रमाणपत्र र शिल्डबाट समानित गर्दै सञ्चारमाध्यम लोकतन्त्रको चौथो खम्बा भएकाेले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।

वरिष्ठ पत्रकार अरविन्द रायले सुनेकाे आधारमा हाेइन, घटनास्थलमा गएर समाचार तयार गर्दा विश्वसनीयता कायम हुने बताए ।

धुर्जति भूतभवन मिश्रले अहिले सामाजिक मूल्य मान्यतामा तीव्र गिरावट आएको र पत्रकारिता पनि त्यसबाट अछुतो नरहेको बताए । ‘तैपनि आफ्नो जिम्मेवारी निर्वाह गर्दा गरिब र विपन्नको आवाजलाई जनतासामु ल्याउनुपर्छ’, उनले भने ।

चौधरी कैफुलवाराले यस क्षेत्रमा पनि धेरैले नक्कली च्यानल बनाएर शोषण गर्ने काम गरिरहेको बताए । उनले यस्ता मानिसहरूकाे पर्दाफास गर्नु पर्नेमा जाेड दिए ।

मञ्जुर अहमद पख्तुनले भने, ‘मानिसहरू सत्य नजानेर सामाजिक सञ्जालमा समाचार भाइरल गर्छन्। यसबाट बच्नुपर्छ।’
सम्मेलनलाई रञ्जित सम्राटलगायत धेरैले सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता वरिष्ठ पत्रकार डा. एस.पी. त्रिपाठीले गर्नुभएको थियो ।

कार्यक्रमकाे आयोजक भारतीय पत्रकार संघका राष्ट्रिय अध्यक्ष सेराज अहमद कुरैशीले आगन्तुकहरुप्रति कृतज्ञता व्यक्त गरे । उक्त अवसरमा शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्नेहरुलाई प्रमाणपत्र र शिल्ड प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा सतेन्द्र मिश्रा (उडिसा), गिरिराज सिंह, सलमान अहमद, रंजित सम्राट, मंजूर पख्तुन (जम्मु कश्मीर), इसत्याक अहमद,मेवालाल यादव ( नेपाल् ) , नूर आलम, कबीर गिलानी, अफताब आलम , बिलाल भट्ट, अश्फाक आरिफ, अनुपम कुमार, मिथिलेश कुमार, ब्रिजमोहन भगत, आलोक सक्सेना, मुकिम कुरैशी, सुरेन्द्र सिंह, मो. आजम, नावेद आलम, रफी अहमद, पंकज झा, सुल्तान अख्तर, अधि. अन्जुम शाहब, केपी सिंह, हासिम रिजवी, विजय यादव, अखिलेश्वर द्विवेदी, सतीश चन्द, रामकृष्ण शरणमणि त्रिपाठी, राकेश मिश्रा, मनोज तिवारीलगायत सयौं पत्रकारहरुलाई सम्मान प्रदान गरिएको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*