Breaking News
सवारी दुर्घटनामा नापी कार्यालय मलंगवाका प्रमुख मानन्धर सहित ११ जना घाईते ।

सवारी दुर्घटनामा नापी कार्यालय मलंगवाका प्रमुख मानन्धर सहित ११ जना घाईते ।

मलंगवा, माघ २२ गते ।

सर्लाहीको मलंगवा नगरपालिका वडा नं.११ गम्हरीया स्थित सवारी दुर्घटनामा परी नापी कार्यलय मलंगवाका कार्यालय प्रमुख संजय मानन्धर सहित ११ जना घाईते भएका छन भने घाइतेहरु मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको छ ।

केही समय अघि ज २ ट १०६७ नम्वरको उखु बोकेको ट्याक्टर मलंगवा सडक खण्ड हुदै नवलपुर तर्फ गइरहेको र नापी कार्यालयको कर्मचारीहरु सवार बिआर ०६पिबी ९६४८ नम्वरको भारतीय सफारी गाडी नवलपुर बाट मलंगवा तर्फ गइरहेको समयमा एक आपसमा ठोक्किदा ११ जना घाइते भएका छन ।

घाईते हुनेहरुमा नापी कार्यालयका प्रमुख मानन्धर, बैधनाथ राउत , अजय कुमार यादव, बैजु यादव , रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय रहेका छन । घाईते सबैजना नापी कार्यालय सर्लाहीका कर्मचारी रहेको छ ।घाईतेहरु मध्ये ४ जनाको अवस्था चिन्ता जनक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दिपेन्द्र पजियार थारुले जानकारी दिनुुभएको छ ।

सिकिस्त ४ जना सहित ७ जना प्रादेशिक असपताल मलंगवामा उपचार गराई थप उपचारको लागि बिरगंज तथा काठमाडौंको लागि रेफर गरिएको प्रहरी प्रवक्ता थारुले जनाएको छ । त्यस्तै केही घाइतेहरुको उपचार प्रादेशिक अस्पतालमा नै भैरहेको प्रहरी प्रवक्ता थारुले जानकारी दिए ।
घटना बारे अन्य अनुसन्धान भैरहेको र थप विवरण आउन बाँकी रहेको प्रवक्ता थारुले बताए । साभार – निगरानी टुडे

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*