Breaking News
कटहरिया–८ मा वडाध्यक्ष शाहको पहलमा जिर्ण ढलान सडकको पुनः ढलान कार्य सुरु

कटहरिया–८ मा वडाध्यक्ष शाहको पहलमा जिर्ण ढलान सडकको पुनः ढलान कार्य सुरु

आरके श्रीवास्तव,राैतहट,२१ गते जेठ ।
रौतहटको कटहरिया नगरपालिका–८ मा रहेको जिर्ण ढलान सडकको पुनः निर्माण कार्य आजदेखि सुरु गरिएको छ । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित ५० लाख भन्दा बढी रुपैयाँको बजेटमा सो ढलान कार्य प्रारम्भ गरिएको हो ।

सडक पुनः ढलानको शिलान्यास समाजसेवी जोतनारायण यादवले वडा अध्यक्ष समिश विक्रम शाहको रोहबरमा गर्नुभएको हो । कार्यक्रम वडा अध्यक्ष शाहको पहलमा र कटहरिया–५ का वडा सदस्य रामईश्वर यादवको विशेष सक्रियतामा सम्पन्न भएको हो ।

वडा अध्यक्ष समिश विक्रम शाहले निर्माण कार्यको गुणस्तरीयतामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै स्थानीयको लामो समयदेखिको माग अनुसार यो कार्य अगाडि बढाइएको बताए। “यो सडक स्थानीयका लागि अत्यन्तै आवश्यक रहेकोले हामीले यसमा विशेष प्राथमिकता दिएका छौं,” उनले भने।

सडक निर्माणमा स्थानीयको समेत सरोकार देखिएको छ। स्थानीय उपेन्द्र यादवले विगतमा सडकको अवस्था निकै खराब रहँदा दैनिक आवागमनमा कठिनाइ हुने गरेको बताए। “वर्षात्को समयमा त सडक हिँड्नै नसक्ने अवस्थामा पुग्थ्यो,” उनले भने, “अब यो कार्य सुरु भएपछि केही राहत मिल्नेछ।”

यस्तै, अर्का स्थानीय नन्दकिशोर राय यादवले वडा र प्रदेश सरकारलाई धन्यवाद दिँदै सडक छिटो र गुणस्तरीरूपमा सम्पन्न हुने अपेक्षा व्यक्त गरेका छन् ।

  • सडक निर्माण कार्य प्रारम्भ भएसँगै स्थानीयवासीमा उत्साह देखिएको छ भने जिम्मेवार निकायले समयमै काम सम्पन्न गर्ने आश्वासन दिएका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*