स्थानीय न्यूज
बारा,असार ३ गते २०८२।
बारा जिल्लाको पचरौता नगरपालिकाले आ.ब. २०८२ र ०८३ का लागी करिब ६५ करोड़को बजेट विनियोजन गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०८२ र ०८३ का लागी कुल ६५ करोड ३१ लाख ६६ हजार ९ सय रुपैयाँको बजेट विनियोजन गर्दै नगर सभा सम्पन्न गरेको हो।
नगर प्रमुख जलन्धर सिंह जैसवारले नगरपालिकाको १४ औं नगर सभाबाट नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्ष २०८२ / ०८३ का लागि ६५ करोड ३१ लाख ६६ हजार ९ सय रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
शिक्षा,स्वास्थ्य,भौतिक पूर्वाधार,सडक,खानेपानी,कृषि तथा सूचना प्रविधि–आधारित सेवा प्रवाहलाई विशेष प्राथमिकतामा जोड दिदै बाराको पचरौता नगरपालिकाले सोमबार आर्थिक वर्ष २०८२/०८३ का लागि निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

नगर प्रमुखको नेतृत्वमा प्रस्तुत नीति तथा कार्यक्रमले नगरको आय संकलनमा नेपाल सरकारबाट विभिन्न अनुदान शीर्षक अन्तर्गत ४८ करोडभन्दा बढी प्राप्त हुने अनुमान गरिएको छ।
संघीय सरकारबाट रु १० करोड ९६ लाख,बराबरको वित्तीय समानीकरण अनुदान,रु २५ करोड ८ लाख,संघ समपुरक अनुदान ५२ लाख,संघ बिशेष अनुदान १ करोड,राजस्व बाँडफाँडबाट ९ करोड ८० लाख ६६ हजार ९ सय ५२ प्राप्त हुने उल्लेख गरिएको छ।
प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान ९० लाख,प्रदेश सशर्त अनुदान ९५ लाख समपुरक अनुदान २० लाख,विषेश अनुदान ३० लाख बराबरको अनुदान प्राप्त हुनेछ। त्यस्तै नगरपालिकाले आन्तरिक राजस्वबाट १० करोड ६० लाख र संचित रहेका अनुमानित आन्तरिक श्रोतबाट ५ करोड बराबर जुटाउने जनाएको छ।

आगामी आर्थिक वर्षमा नगर प्रमुख वृद्धा बचाउ अभियान अन्तर्गत सबैआखा नदेखिने वृद्ध वृद्धा हरुलाई निशुल्क मोतियाविन्दको शल्यक्रिया कार्यक्रमलाई निरन्तरता दिइने,निशुल्क रक्तदान कार्यक्रम तथा पचरौता वासिकालाई रगत फ्री लाई निरन्तरता दिइने,नगरवासीको स्वास्थ्यलाइ ख्याल गर्दै १५ शैयाको नगर अस्पताललाई अगामी वर्ष देखि संचालनमा ल्याइ सेवा विस्तार गरिने,निशुल्क एमबुलेन्स सेवालाइ निरन्तरता दिइने,शैक्षिक छात्रवृति ( एम.बि.बि.एस.र पी.एच.डी.र इन्जिनियरिंगरवि.ए.सि.) अनिमल साइन्स जस्ता छात्रवृत्तिलाई निरन्तरता दिइने,लक्षित समुदायलाई योजना प्रक्रियामा अर्थपूर्ण सहभागी गराई उनीहरुको क्षमता तथा आर्थिक विकासका लागि जीविकोपार्जन सुधार पहुँच अभिवृद्धि एवं शसक्तीकरण कार्यक्रमलाई बढावा दिईने,नगरको बीचमा ९९ बेडको सुबिधा सम्पन्न आइसीयु सहितको अस्पताल निर्माणको लागि संघ सरकार संग आवश्यक बजेटको लागि समन्वय गरिने,प्रत्येक घरधुरीलाई स्वस्थ र स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिइएको,नगर केन्द्रमा रहेको बेनौली बजारमा सुविधा सम्पन्न भवन सहितको बजार व्यवस्थापन गरिने,कृषि विधुतिकरणलाई विस्तार गर्नका लागि आवश्यक पोल तार र ट्रान्सफरमरको व्यवस्थापन लाइ निरन्तरता दिइने र निशुल्क कृषि मिटर महशुललाइ निरन्तरता दिइनेछ ।

खानेपानी परियोजनाअन्तर्गत घरधुरीसम्म पानी पुर्याउने,बोरिङ र ट्यांकी योजना ल्याउने योजना पनि प्रस्तुत गरिएको छ।कृषि,पशुपालन र स्थानीय अर्थतन्त्र किसानलाई समेट्दै “किसानको गोठमा अनुदान,किसानको ओठमा मुस्कान” भन्ने नारासहित कृषि क्षेत्रमा विभिन्न कार्यक्रम सार्वजनिक गरिएको छ। त्यसमा,५०५ अनुदानमा गाई वितरण,कोल्ड स्टोर स्थापना,माछा प्रयोगशाला,वैकल्पिक कृषिमा सहयोग,स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने प्रोत्साहन योजना रहेका छन्।नगरले बेनौली पोखरीलाई धार्मिक–पर्यटन गन्तव्यको रूपमा विकास गर्नेछ।विपद् व्यवस्थापनका लागि विशेष कोष निर्माण,खेलकुद गतिविधिका लागि स्टेडियम,नगरस्तरीय प्रतियोगिता सञ्चालन लगायतका कार्यक्रम पनि बजेटमा समेटिएका छन्।
नगरका सबै वडामा फ्री एम्बुलेन्स सेवा निरन्तरता दिइने छ।शिक्षा क्षेत्रमा ठूला योजना अघि सारिएको छ। नगरका चार विद्यालयलाई मोंटेसरी मोडेलमा रुपान्तरण,कक्षा ११ देखि स्नातकोत्तरसम्मका गरिब तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति,शिक्षकको बीमा,दुर्घटनाबाट जोगिन सरोकारवाला विद्यालयका विद्यार्थीलाई सुरक्षित पूर्वाधारको निर्माण गरिने बताइएको छ।नगरले सडक,नाला,पुल,बत्ती,सोलार जडान लगायतका पूर्वाधार निर्माणमा विशेष जोड दिनेछ।
पचरौता नगरपालिकाको नगर प्रवक्ता लक्ष्मी यादवले १४ औं नगरसभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । पचरौता नगरपालिकाको नगरप्रमुख जलन्धर सिंहले नीति तथा कार्यक्रममा बोल्दै नगरपालिकाले बजेट निर्माणमा कार्यपालिका,विषयगत समिति,वडास्तर,स्थानीय तह र सार्वजनिक सुझाव संकलन प्रणालीबाट समावेशी प्रक्रिया अपनाएको बताए ।
वडा नम्बर १ सङ्ग रहेको छोटी भन्सारलाई सन्चालन गराउन आवस्यक सडक बिस्तार गरिने नगर प्रमुख जैसवारले बताएका छन । त्यस्तै सबै जनताको स्वास्थ्य बिमामा लाग्ने ५० प्रतिशत रकम नगरपालिकाले ब्योहोर्ने नगर प्रमुख जैसवारले घोषणा गरेका छन ।
सो कार्यक्रममा स्वागत मन्तव्य वडा नम्बर ६ का अध्यक्ष मकबुल अन्सारीले गर्नु भएको थियो भने कार्यक्रम संचालन प्रमुख प्रशासकीय अधिकृत बसन्त राज जोशीले गर्नु भएको थियो ।
नगरप्रमुख सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाको नगर उप प्रमुख नसिमा खातुन, वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
Sthaniya News
