Breaking News
पूर्व नगर प्रमुखले खरिद गरेको ट्रान्सफर्मर जडानपछि किसानहरु हर्षित

पूर्व नगर प्रमुखले खरिद गरेको ट्रान्सफर्मर जडानपछि किसानहरु हर्षित

आरएन पटेल
रौतहट, साउन ३१ गते।
रौतहटको बौधिमाई नगरपालिका-२ इनर्वामा पूर्व नगर प्रमुख राजीव रंजन यादवले खरिद गरेको ट्रान्सफर्मर जडानपछि किसानहरु हर्षित भएका छन। वडा नं-२ का वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलको सक्रियतामा इनर्वा नदीपारी टोलमा कृषि कार्यको लागि उक्त ट्रान्सफर्मर जडान गरिएको हो।
लामो समयदेखि अलपत्र रहेको ट्रान्सफर्मर जडान भएपछि किसानहरु हर्षित भएका छन्।
आर्थिक वर्ष २०७७/७८ मा बौधिमाई नगरपालिकाको नगर स्तरीय योजनाबाट करिब साढे पाँच लाख रुपैयाँ लागतमा १०० KVA क्षमताको ट्रान्सफर्मर तत्कालीन नगर प्रमुख राजीव रंजन यादवले कृषि प्रयोजनका लागि खरिद गराएका थिए। तर, विभिन्न प्राविधिक कारणवश उक्त ट्रान्सफर्मर तत्काल जडान हुन नसकेर राखिएको अवस्थामा ट्रान्सफर्मरमा समस्या उत्पन्न भएको थियो।
हालका वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलले वडास्तरीय योजनाबाट ट्रान्सफर्मर मर्मत तथा परीक्षण गराई जडान गराएका छन्। यस कार्यपछि किसानहरुले सहज रूपमा कृषि कार्यका लागि विद्युत पाउने भएका छन्।
वडा अध्यक्ष पटेलले यस वर्ष सुख्खा तथा खडेरीको कारण जोखिममा परेका करिब २५० किसानलाई ट्रान्सफर्मरमार्फत विद्युत आपूर्ति गर्न सकिने जानकारी दिए।
व्यवसायिक तथा कृषि गतिबिधिसम्म प्रभावित हुँदै आएको अवस्थामा उक्त समस्या समाधान गर्दै ट्रान्सफर्मर जडान गरिए सँगै स्थानीयबासीमा राहतको अनुभूति भएको छ। वर्षौ पहिले समस्याको स्थायी समाधानका लागि बौधिमाई नगरपालिकाका तत्कालीन नगर प्रमुख राजीव रंजन यादवको बिशेष पहलमा नयाँ ट्रान्सफर्मर जडान गरि किसाहरुलाई कृषि कार्यमा टेवा पुग्ने उद्देश्यले उक्त ट्रान्सफर्मर उपलब्ध गराइएको थियो। स्थानीय स्तरमा कृषि कार्यमा सिंचाईको देखा परेको समस्यालाई नगर प्रमुखले नयाँ ट्रान्सफार्मर खरीद गरी समाधान तर्फ पुर्याएका थिए।
वडा अध्यक्ष पटेलले स्थानीय जनताको समस्याप्रति चासो देखाउँदै समय मै पहल गरेका कारण समस्या समाधान सम्भव भएको एक स्थानीयले बताए।
साथै किसानहरुले पूर्व नगर प्रमुख यादव र हालका वडा अध्यक्ष पटेलको पहललाई कृषि उत्पादनमा महत्वपूर्ण योगदान हुने भन्दै आभार व्यक्त गरेका छन्।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*