Breaking News
रौतहट प्रहरीद्वारा हुण्डीको रकम सहित एक कारोवारी पक्राउ

रौतहट प्रहरीद्वारा हुण्डीको रकम सहित एक कारोवारी पक्राउ

रौतहट,मंसिर २६ गते ।
रौतहट प्रहरीले हुण्डीको रकम सहित एक कारोवारीलाई पक्राउ गरेको छ। एघार लाख भन्दा बढि श्रोत हुण्डीको रकम सहित एक कारोवारीलाई रौतहट प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, शुक्रवार विहान १०.२० बजेको समयमा मौलापुर नगरपालिका-३ लाल बकैया बाँधमा विशेष चेकिंगको क्रममा मधेश प्रदेश-०३-०३३प ३११० मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा ले गार्डमा झोलामा राखिएको ११ लाख ४७ हजार श्रोत नखुलेको रकम सहित बारा जिल्ला सिम्रौनगढ नगरपालिका-११ भवानिपुरका लक्ष्मिप्रसाद कलवारको ३६ बर्षीय छोरा मुन्ना प्रसाद जयसवाललाई प्रहरीले पक्राउ गरेका हुन् ।


बाराको हरनैयाबाट देवाही गोनाही हुँदै कटहरिया तर्फ जाने क्रममा प्रहरीले चेकिंगको क्रममा जयसवाललाई श्रोत नखुलेको अर्थात हुण्डीको रकम रहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा राखिएको सूचना अधिकारी एवं डिएसपी विष्णप्रदीप वस्यालले जानकारी दिए ।
हुण्डी कारोवारी जयसवाललाई हिरासतमा राखेर प्रहरी आवश्यक अनुसन्धान गरिरहेको उलने बताए ।
सीमावर्ती क्षेत्रमा नेपाली नोटको अबैध कारोवार संचालन भईरहेको अवस्थामा प्रहरी त्यस्ता कारोवारलाई पूर्ण रुपमा निष्तेज पार्न सुक्ष्म निगरानी बढाएको डिएसपी बस्यालले स्पष्ट पारे ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*