Breaking News
दुर्गा भगवतीको गौर-गंगापिपरा सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परेर श्रीमान श्रीमतीको मृत्यु

दुर्गा भगवतीको गौर-गंगापिपरा सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परेर श्रीमान श्रीमतीको मृत्यु

स्थानीय न्यूज,रौतहट,फागुन ०३ गते ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाको गौर-गंगापिपरा सडक खण्डको झाझ पुल नजिक मोटरसाइकल दुईघटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
दुर्गा भगवती गाउँपालिका-४ स्थित गौर-गंगापिपरा झाझ पुल देखि ५० मिटर उत्तर तर्फ आईतवार विहान ५:३० बजेको समयमा दुई जना अचेत अवस्थामा लडेको देखेपछि इलाका प्रहरी कार्यालय पिपरालाई जानकारी स्थानीयले गराए ।
इप्रका पिपरा र जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले घटनास्थलको प्रारम्भीक अनुसन्धान गर्दा विआर ३० यु १३७१ नम्वरको मोटरसाइकल सिसोको रुपमा ठोक्किएर दुर्घटना हुँदा यमुनामाई गाउँपालिका-४ सरुअठाका रामश्रित साहको २४ बर्षीय जितेन्द्र साह र २२ बर्षीय निजको श्रीमती पुनम देवी साह अचेत अवस्थामा रहेपछि उद्धार गरेर प्रादेशिक अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
अत्याधिक गतिमा गुडिरहदा घुमाउरो स्थानमा अनियन्त्रित भई सिसोको रुखमा ठोक्किएर उक्त दुर्घटना भएको हुन सक्ने आशंका गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णप्रदीप वस्यालले घटना सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको बताए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*