स्थानीय न्यूज, बारा, फागुन ०५ गते।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बारा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बलबीर चौधरीले पचरौता नगरपालिका वडा नं. २ अन्तर्गत श्रीनगर बैरिया, बिशुनपुर र भठ्ठी बैरियामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन।

घरदैलो अभियानका क्रममा उम्मेदवार चौधरीले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको विकास, रोजगारी सृजना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य सेवाको सुदृढीकरण आफ्नो प्राथमिकता रहेको बताए। उनले नेकपा एमाले नेतृत्वले विगतमा गरिएका कामको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय बासिन्दाहरूले विभिन्न समस्या तथा सुझाव राख्दै विकास निर्माणका कामलाई तीव्रता दिन आग्रह गरेका थिए। कार्यक्रममा सहभागी नेता-कार्यकर्ताहरूले उत्साहजनक उपस्थिति जनाउँदै चुनावी माहोललाई थप तातो बनाएका थिए।
उम्मेदवार चौधरीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह “सूर्य” मा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग अपील गरेका छन।
चुनाव नजिकिँदै जाँदा बारा क्षेत्र नं. २ मा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूद्वारा घरदैलो कार्यक्रमलाई तीव्रता दिइएको छ।

Sthaniya News
