Breaking News
रौतहट-३ मा तारा छापको मेवा र टेंग्राहा घरदैलो तीव्र : पेटभर्वामा उम्मेदवार पूनम यादवद्वारा जनताको गुनासो सुन्ने अभियान

रौतहट-३ मा तारा छापको मेवा र टेंग्राहा घरदैलो तीव्र : पेटभर्वामा उम्मेदवार पूनम यादवद्वारा जनताको गुनासो सुन्ने अभियान

स्थानीय न्यूज, रौतहट, फागुन ०९ गते।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नं. ३ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। क्षेत्र नं. ३ की सुयोग्य, कर्मठ एवं लगनशील एक मात्र महिला उम्मेदवार पूनम यादवले फतुवा विजयपुर नगरपालिका अन्तर्गत मेवा, टेंग्राहा र पेटभर्वा क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।


घरदैलोका क्रममा उम्मेदवार यादवले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावहरू सुन्नुभएको छ। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा स्थानीयहरूले उठाएका सवालहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।

उहाँले क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै “जनताको भरोसा र साथ पाए परिवर्तन सम्भव छ” भन्ने धारणा राख्नुभएको छ। साथै, रौतहट-३ मा यसपटक विकास र स्थायित्वका लागि ‘तारा’ चुनाव चिह्नमा मतदान गर्न आम मतदातासमक्ष अपिल गर्नुभएको छ।


टेंग्राहा र पेटभरवामा देखिएको जनउत्साहले चुनावी माहोललाई थप रोचक बनाएको स्थानीयहरूले बताएका छन। दिनप्रतिदिन बढ्दो जनसमर्थनसँगै रौतहट-३ को चुनावी प्रतिस्पर्धा थप चर्किंदै गएको अनुमान गरिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*