स्थानीय न्यूज,रौतहट, फागुन ११गते।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ३ का उम्मेदवार तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता गोविन्द चौधरीले कटहरिया नगरपालिका-४ बलिरामपुर र कटहरिया क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
सयौँ नेता-कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रम भव्य र उत्साहपूर्ण बनेको थियो। घरदैलोका क्रममा उम्मेदवार चौधरीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन।

स्थानीय मतदाताहरूका सम्पूर्ण सामाजिक समस्याहरुलाई तथा युवाहरूका लागि रोजगारीका अवसर सिर्जनाजस्ता विषय उठाएका थिए। चौधरीले ती समस्याहरू समाधानका लागि योजनाबद्ध ढंगले पहल गर्ने आश्वासन दिएका छन्।

निर्वाचन नजिकिँदै जाँदा रौतहट-३ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। जसपा नेपालले आगामी दिनहरूमा क्षेत्रका अन्य बस्तीहरूमा समेत घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


Sthaniya News
