Breaking News
जसपा उम्मेदवार चौधरीको भसेढवा, झौवा र बडेडवामा घरदैलो : जितको संकेत बलियो

जसपा उम्मेदवार चौधरीको भसेढवा, झौवा र बडेडवामा घरदैलो : जितको संकेत बलियो

आरएन पटेल, रौतहट, फागुन १२ गते।
जनता समाजवादी पार्टी नेपालका तर्फबाट रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरी (छाता छाप) ले कटहरिया नगरपालिका – १ अन्तर्गत भसेढवा, झौवा र बडेडवा टोलमा चुनावी विशेष घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।


घरदैलोका क्रममा स्थानीय बासिन्दाले गमछा, माला तथा खादा लगाई उम्मेदवार चौधरीलाई आत्मीय स्वागत गरेका छन। टोल-टोलमा पुगेका चौधरीले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आगामी निर्वाचनमा परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ।
उहाँले मतदातालाई सम्बोधन गर्दै भन्नुभयो, “मलाई मात्र चिनेर पुग्दैन, मेरो चुनाव चिन्ह छाता छापलाई पनि चिन्नुहोस र मलाई विजयी बनाउन सहयोग गर्नुहोस।”


स्थानीय मतदाताहरूले उत्साहपूर्वक स्वागत गर्दै यसपटक मत दिएर जिताउने प्रतिबद्धता व्यक्त गरेका छन। कतिपय मतदाताले यसपालि तपाईंको जीत सुनिश्चित रहेको उनलाई विश्वस्त गराएका छन। “हामी पर्खिरहेका थिए, तपाई आउनु भयो- हामी सबैको साथ सहयोग सदैव रहनेछ। यसपालिको जीत हामीले सुनिश्चित गरेका छौ” – स्थानीय मतदाताहरुको भनाई रहेको छ।
घरदैलो कार्यक्रममा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले “परिवर्तनका लागि छाता छापमा मतदान गरौं – गोविन्द चौधरीलाई विजयी बनाऔं” भन्ने नारासहित जनसमर्थन प्रदर्शन गरेका हुन।
भसेढवा, झौवा र बडेडवा क्षेत्रमा देखिएको जनउत्साहले रौतहट-३ मा चुनावी माहोल थप तातेको स्थानीयहरुले बताएका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*