स्थानीय न्यूज,रौतहट, फागुन १२ गते।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट रौतहट क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार पुनम यादवले देवाही गोनाही नगरपालिका – ९ धरहरीमा चुनावी विशेष घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

स्थानीय युवा नेता विवेकानन्द साह ‘टाइगर’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका स्थानीय नेता विकेश कुमार गुप्ता, अजय यादव तथा उम्मेदवार यादवका समर्थकहरूको भव्य उपस्थिति रहेको थियो।
घरदैलोका क्रममा उम्मेदवार यादवले टोल-टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारा छापमा मतदान गर्न आग्रह गर्नुभएको छ। उहाँले विकास, सुशासन र जनउत्तरदायी नेतृत्व आफ्नो प्राथमिकता रहने बताउनु भएको छ।

कार्यक्रममा सहभागी नेताहरूले धरहरीसहित देवाही गोनाही क्षेत्रको समग्र विकासका लागि नेकपाका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन।
धरहरीमा सम्पन्न उक्त घरदैलो तथा चुनावी कार्यक्रमले क्षेत्र नं. ३ मा नेकपाको चुनावी गतिविधि तीव्र बन्दै गएको स्थानीय नेता कार्यकर्ताहरूले बताएका छन।
Sthaniya News
