Breaking News
रौतहटमा ई. सोनु कुशवाहाको स्वतन्त्र घोषणा, “सिद्धान्तभन्दा ठूलो कुनै पद वा पार्टी हुँदैन”

रौतहटमा ई. सोनु कुशवाहाको स्वतन्त्र घोषणा, “सिद्धान्तभन्दा ठूलो कुनै पद वा पार्टी हुँदैन”

स्थानीय न्यूज, रौतहट, फागुन १२ गते।
प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहट क्षेत्र नं. २ का उम्मेदवार ई. सोनु कुशवाहाले आजदेखि आफूलाई पूर्ण रूपमा स्वतन्त्र घोषणा गरेका छन्। परिवर्तन र स्वच्छ राजनीतिका लक्ष्यसहित उम्मेदवारी दिएका उनले सम्बन्धित पार्टीभित्र वर्षौंदेखि कार्यकर्ताहरू पीडित हुँदै आएको अवस्थाको मूल्यांकनपछि यस्तो निर्णयमा पुगेको बताए।
कुशवाहाले जारी गरेको वक्तव्यमा भनेका छन्, “मेरो स्पष्ट धारणा सधैं स्वतन्त्र रूपमा जनताको आवाज बन्ने थियो। पार्टीभित्र बसेर सच्चा परिवर्तन सम्भव नरहेको निष्कर्षमा पुगेको छु।” उनले कुनै पनि प्रकारको भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिसँग सम्झौता नगर्ने स्पष्ट अडान दोहोर्‍याउँदै सिद्धान्तभन्दा ठूलो कुनै पद वा पार्टी हुन नसक्ने उल्लेख गरे।
रौतहट जिल्ला जेन्जीका अध्यक्ष तथा भ्रष्टाचारविरुद्ध अभियानका अभियन्ता समेत रहेका कुशवाहाले अब आफ्नो राजनीतिक यात्रा पार्टीको सीमाभन्दा बाहिर रहेर सिधै जनताको विश्वास र समर्थनमा आधारित हुने बताए। “जनताको हित, सुशासन, पारदर्शिता र वास्तविक परिवर्तनका लागि निरन्तर संघर्ष गर्नेछु,” उनले प्रतिबद्धता व्यक्त गरे।
उनले सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम जनतामा निरन्तर साथ र विश्वासका लागि हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। रौतहटको राजनीतिक वृत्तमा उनको यो निर्णयले नयाँ समीकरण र बहसको संकेत दिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*