आरएन पटेल,रौतहट, फागुन १३ गते।
राजदेवी नगरपालिकाको मुडवलवामा आयोजित विशेष कार्यक्रमबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्दै लोकप्रिय युवा नेता अखिलेश यादव जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन। आफ्नै निवासमा सम्पन्न कार्यक्रममा जसपा नेपालको रौतहट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार योगेन्द्र राय यादवले टीका लगाई औपचारिक रुपमा पार्टीमा स्वागत गरेका हुन।

अखिलेश यादवको नेतृत्वमा १०० भन्दा बढी GEN-Z युवाहरू आजै जसपा नेपालमा प्रवेश गरेको जसपा नेपालको जिल्ला समिति कार्यालय सचिव दिनेश कुमार यादवले बताएका छन। कार्यक्रममा युवाहरूले “छाता छाप” मा मतदान गरी उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा सयौँ नेता-कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। सहभागी युवाहरूले परिवर्तन, सुशासन र समावेशी विकासको एजेन्डालाई अघि बढाउन जसपा नेपालसँग सहकार्य गर्ने बताएका छन।

कार्यक्रममा वक्ताहरूले युवाशक्तिको सहभागिताले रौतहट-१ को चुनावी समीकरण थप सशक्त बनेको दाबी गर्दै आगामी दिनमा वडा-टोलस्तरसम्म संगठन सुदृढ गर्ने योजना सार्वजनिक गरेका छन।
Sthaniya News
