Breaking News
बौधिमाई-२ इनर्वामा स्व. भिखारी महतोको १३ औँ दिनमा आर्थिक सहयोग

बौधिमाई-२ इनर्वामा स्व. भिखारी महतोको १३ औँ दिनमा आर्थिक सहयोग

आरएन पटेल,रौतहट, फागुन १५ गते।
बौधिमाई नगरपालिका-२ इनर्वा निवासी स्वर्गीय भिखारी महतो नुनियाको १३ औँ दिनको पुण्यतिथिको अवसरमा वडा सदस्य रामध्यान पटेलले आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
अल्पआयुमा भएको महतोको दुःखद निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै वडा सदस्य रामध्यान पटेल तथा वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलसहित जनप्रतिनिधिहरूको टोली मृतकको निवासमा पुगी शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन।
मृतक महतोको पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर रहेको उल्लेख गर्दै वडा सदस्य रामध्यान पटेलले आफ्नो व्यक्तिगत तर्फबाट नगद रु. १०,५०० (दश हजार पाँच सय) क्रियाखर्च सहयोगस्वरूप मृतककी श्रीमतीलाई हस्तान्तरण गर्नुभएको हो। उक्त रकम आफ्नै निजी लगानीबाट प्रदान गरिएको  बताइएको छ।


स्थानीय सर्वसाधारणहरूको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको वडा सदस्य पटेलले जानकारी दिनुभएको छ। उहाँले विपन्न परिवारलाई यस कठिन घडीमा साथ दिनु आफ्नो सामाजिक दायित्व भएको बताउनु भएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*