Breaking News
ईशनाथमा आउँदो स्थानीय चुनावको चर्चा सुरु, मेयर पदका लागि सिन्हाको नाम अगाडि

ईशनाथमा आउँदो स्थानीय चुनावको चर्चा सुरु, मेयर पदका लागि सिन्हाको नाम अगाडि

स्थानियन्यूज,रौतहट, चैत ०३ गते।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा आउँदो २०८४ सालको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै अहिले देखिनै राजनीतिक सरगर्मी बढ्न थालेको छ। विशेषगरी मेयर पदका सम्भावित उम्मेदवारका रूपमा विभिन्न व्यक्तिहरूको चर्चा भइरहेका बेला युवा नेता राजु प्रसाद सिन्हाको नाम प्रमुख रूपमा अगाडि आएको छ।
ईशनाथ नपा-२ औरैया निवासी स्वर्गीय पूर्व प्रदेशसभा सदस्य नागेन्द्र प्रसाद सिन्हा तथा वर्तमान नगर प्रमुख कौशल्या देवी सिन्हाका सुपुत्र राजु प्रसाद सिन्हालाई स्थानीय स्तरमा सक्रिय युवा, समाजसेवी, बुद्धिजीवी तथा शुभेच्छुकहरूले मेयर पदमा उम्मेदवारी दिन आग्रह गरेका छन्। केही दिनअघि उहाँको निवासमै विभिन्न राजनीतिक दलका युवा प्रतिनिधि, समाजसेवी तथा परिवारको हित चाहने व्यक्तिहरू भेला भएर आगामी निर्वाचनमा नेतृत्व लिनुपर्ने सामूहिक सुझाव दिएका थिए।

स्थानीय जनताको सो सुझाव र अपेक्षालाई मनन गर्दै सिन्हाले पनि आगामी २०८४ सालको स्थानीय निर्वाचनमा ईशनाथ नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने आफ्नो तयारी रहेको संकेत दिएका छन्। उहाँको सम्भावित उम्मेदवारीको चर्चा सार्वजनिक भएसँगै अहिले ईशनाथ नगरपालिकाभरि राजनीतिक चहलपहल बढ्दै गएको देखिन्छ।
देशभरि युवाको नेतृत्व र परिवर्तनको माग बढिरहेका बेला ईशनाथ नगरपालिकामा पनि नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको आवाज उठ्न थालेको छ। स्थानीयहरूका अनुसार सामाजिक क्षेत्रमा सक्रियता, पारिवारिक राजनीतिक पृष्ठभूमि तथा युवामाझ राम्रो छवि भएकाले राजु प्रसाद सिन्हालाई धेरैले सकारात्मक रूपमा हेरिरहेका छन्।
आगामी निर्वाचन अझै केही समय बाँकी रहे पनि अहिलेबाटै सम्भावित उम्मेदवारहरूको गतिविधि बढ्न थालेपछि ईशनाथ नगरपालिकाको राजनीति क्रमशः तात्दै गएको छ। स्थानीय बासिन्दाहरू भने आगामी चुनावमार्फत नगरको विकास, सुशासन र जनमुखी नेतृत्व आउने अपेक्षामा रहेका छन्।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*