Breaking News
फतुवा बिजयपुरमा नगर स्तरीय वार्षिक परीक्षामा कडाइ: शिक्षामा सुधारका लागि व्यापक अनुगमन

फतुवा बिजयपुरमा नगर स्तरीय वार्षिक परीक्षामा कडाइ: शिक्षामा सुधारका लागि व्यापक अनुगमन

आरएन पटेल,रौतहट,चैत ०३ गते।
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा सञ्चालन भइरहेको नगर स्तरीय वार्षिक परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन अनुगमनलाई तीव्र बनाइएको छ। चैत ३ गते मंगलवार कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको नेतृत्वमा शिक्षा शाखाको टोलीले विभिन्न विद्यालयहरूमा अनुगमन गरेको हो।


अनुगमनका क्रममा विद्यालयहरूको भौतिक अवस्था, विद्यार्थीहरूको उपस्थिति, परीक्षा सञ्चालन प्रक्रिया तथा अनुशासनको अवस्थाबारे सूक्ष्म रूपमा निरीक्षण गरिएको हो। टोलीले परीक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आवश्यक सुझाव तथा निर्देशनसमेत दिएको जनाएको छ।
शिक्षा शाखा प्रमुख मुकेश साहले परीक्षा शान्त, व्यवस्थित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सबै शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई इमान्दारीपूर्वक सहभागी हुन आग्रह गर्नुभएको छ।
अनुगमन टोलीले यमुना कौशलया आधारभूत विद्यालय मेवा, आधारभूत विद्यालय मेवा, चेता पुनकलिया आधारभूत विद्यालय शितलपुर, मेथुर पनिया आधारभूत विद्यालय शितलपुर, दलित आधारभूत विद्यालय शितलपुर, माध्यमिक विद्यालय दुधिअवा तथा हिमाली जनता माध्यमिक विद्यालय हिमालीबास लगायतका विद्यालयहरूमा पुगेर स्थलगत निरीक्षण गरिएको छ।


अनुगमनका क्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका बिवेक यादव, वडा नं. १० का वडाअध्यक्ष मन्जय चौधरी, कृषि शाखाका दिपक चौधरी, प्रदेश सांसद प्रत्याशी मोहम्मद सेराज लगायत सरोकारवाला तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
नगरपालिकाले शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले यस्ता अनुगमनलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने जनाएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*