स्थानियन्यूज,रौतहट, चैत ०९ गते।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरले भन्सार छलिका सामान नियन्त्रणमा लिने कार्यलाई निरन्तरता दिएको छ। आइतबार दिनको करिब ३:३० बजेको समयमा प्रहरी चौकी बंकुलबाट खटिएको गस्ती टोलीले बौधीमाई नगरपालिका-७ बाँसघारी क्षेत्रबाट अवैध रुपमा नेपाल भित्र्याइँदै गरेको मिठ्ठा (गुड) बरामद गरेको हो।
प्रहरीका अनुसार ८ बोरा गुड करिब रु. २० हजार ४०० मूल्य बराबरको फेला परेको छ। त्यस्तै, विभिन्न समयमा चेकजाँचका क्रममा कागजपत्र नभएका दुई वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ, जसमा बा.६६ प. २३७७ नम्बरको पल्सर २२० सीसी र नम्बर नखुलेको अर्को मोटरसाइकल रहेका छन। ती मोटरसाइकलको अनुमानित मूल्य रु. १ लाख रहेको प्रहरीले जनाएको छ।
यसरी नियन्त्रणमा लिइएको कुल रु. १ लाख २० हजार ४०० बराबरको सामान आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका हुन। भन्सार छलि तथा अवैध ओसारपसार नियन्त्रणका लागि प्रहरीको सक्रियता अझै कडा बनाइने उनले बताएका छन।

Sthaniya News
