Breaking News
बौधीमाईमा ‘मेयर कप क्रिकेट’ माग गर्दै Gen-Z द्वारा ज्ञापन पत्र पेश

बौधीमाईमा ‘मेयर कप क्रिकेट’ माग गर्दै Gen-Z द्वारा ज्ञापन पत्र पेश

आरएन पटेल,रौतह, चैत ०९ गते।
बौधीमाई नगरपालिकाका युवाहरूले नगरस्तरीय “मेयर कप क्रिकेट प्रतियोगिता” आयोजना गर्न माग गर्दै नगरप्रमुखसमक्ष ज्ञापन पत्र बुझाएका छन।
आइतबार बौधीमाई नगरपालिकाभित्रका Gen-Z पुस्ताका युवाहरूले संयुक्त रूपमा बुझाएको उक्त ज्ञापन पत्रमा नगरभित्र रहेका युवा तथा खेलाडीहरूको खेलकुदप्रति रुचि अभिवृद्धि गर्न, उनीहरूको प्रतिभा पहिचान तथा विकास गर्न र स्वस्थ तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न यस्तो प्रतियोगिता आवश्यक रहेको उल्लेख गरिएको छ।
युवाहरूले प्रतियोगिताले खेलकुदतर्फ आकर्षण बढाउनुका साथै आपसी सद्भाव, सहकार्य र खेलभावना विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। साथै स्थानीय खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त गर्ने र यसले समग्र नगरको खेलकुद क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
बलराम कुमार दासको संयोजकत्वमा गठन गरिएको समितिको नेतृत्वमा पुगेका २० जना युवाहरूले नगरपालिकासँग आवश्यक व्यवस्थापन र सहयोगसहित १५ दिनभित्रै नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्न माग गरेका छन।
यस पहललाई स्थानीय युवाहरूको खेलकुदप्रतिको बढ्दो सक्रियता र जागरणको संकेतका रूपमा हेरिएको छ। अब नगरपालिकाले यस विषयमा कस्तो निर्णय लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*