Breaking News
सीमा कडाइको प्रभाव: मधेशमा इन्धन संकट, ‘रोटी-बेटी’ सम्बन्धमा चिसोपन

सीमा कडाइको प्रभाव: मधेशमा इन्धन संकट, ‘रोटी-बेटी’ सम्बन्धमा चिसोपन

स्थानियन्यूज,रौतहट, चैत ३० गते।
नेपाल-भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइले मधेशका सीमावर्ती जिल्लामा बसोबास गर्ने नागरिकहरूको दैनिकी प्रभावित भएको छ। दैनिक उपभोग्य सामग्री र इन्धनका लागि सीमापारि निर्भर रहेका स्थानीयहरू अहिले अभाव र महँगीको दोहोरो मारमा परेका छन्।
नेपालतर्फ भारतीय नम्बर प्लेटका सवारी साधनमाथि कडाइ गरिएपछि त्यसको प्रतिक्रिया स्वरूप भारतका वैरगनिया क्षेत्रका केही पेट्रोल पम्पहरूले नेपाली नम्बर प्लेटका सवारीलाई इन्धन दिन अस्वीकार गर्न थालेका छन्। यसले सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई प्रत्यक्ष सास्ती दिएको छ।स्थानीयका अनुसार, पहिले सहज रूपमा सीमापारि गएर इन्धन तथा आवश्यक सामग्री ल्याउने चलन थियो। तर अहिले इन्धन नपाउने अवस्था सिर्जना हुनुका साथै आगामी दिनमा अन्य वस्तुहरूमा समेत प्रतिबन्ध लाग्न सक्ने चिन्ता बढ्दै गएको छ।
विशेषज्ञहरूका अनुसार, भारतमा इन्धन सस्तो हुनु र त्यसको दुरुपयोग रोक्न खोजिएको नीति यसको प्रमुख कारण हुन सक्छ। तर, नागरिकलाई राहत दिनुपर्ने बेला दुबै देशका नीतिगत कडाइले मधेशका बासिन्दा सबैभन्दा बढी प्रभावित भएका छन्।
स्थानीयहरूले ऐतिहासिक “रोटी–बेटी” सम्बन्धमै असर पर्ने संकेत देखिएको भन्दै दुवै देशका सरकारबीच समन्वय र कूटनीतिक पहल आवश्यक रहेको बताएका छन्। समयमै समाधान नखोजिए सीमा क्षेत्रमा आर्थिक र सामाजिक संकट झन् गहिरिने चेतावनीसमेत दिइएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*