Breaking News
बारामा मलेरियाको जोखिम बढ्दै, पचरौता नगरपालिकाद्वारा लामखुट्टे नियन्त्रण अभियान सुरु

बारामा मलेरियाको जोखिम बढ्दै, पचरौता नगरपालिकाद्वारा लामखुट्टे नियन्त्रण अभियान सुरु

आरएन पटेल, बारा, चैत ३० गते।
बारा जिल्लाको पचरौता नगरपालिका ले बढ्दो गर्मीसँगै लामखुट्टेको प्रकोप तीव्र भएपछि मलेरिया र डेंगुजस्ता रोग नियन्त्रणका लागि विशेष अभियान सुरु गर्ने भएको छ।
नगर कार्यपालिकाको कार्यालय बेनौलीद्वारा जारी सूचनाअनुसार पिपरपाती स्वास्थ्य चौकी र बेनौली स्वास्थ्य चौकीमा एक/एक जना मलेरिया संक्रमित बिरामी फेला परेपछि पालिकाभर महामारी फैलिन सक्ने जोखिम देखिएको हो।
यस अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले लामखुट्टे नष्ट गर्न तथा यसको वृद्धि नियन्त्रण गर्न २०८३ साल बैशाख १ गतेदेखि औषधी छिडकाउ (स्प्रे) अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
नगरपालिकाले आम नागरिकलाई घरआँगन वरपर पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन तथा स्वास्थ्य सतर्कता अपनाउन समेत आग्रह गरेको छ।
उक्त सूचना पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद साहद्वारा हस्ताक्षर गरी सार्वजनिक गरिएको हो।
स्वास्थ्य सचेतना र समयमै नियन्त्रणका उपाय अपनाइएमा मलेरिया र डेंगुजस्ता रोगको जोखिम न्यूनीकरण गर्न सकिने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*