Breaking News
फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ द्वारा सम्मानीत

फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ द्वारा सम्मानीत

काठमाडौं, चैत २७ गते ।
नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ काठमाडौंमा हालै सम्पन्न ७ औँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ द्वारा सम्मानीत गरिएको छ । उनलाई आयोजकले मोडलिङ क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानका लागि विशेष सम्मान प्रदान गरेको हो। संगीत र ग्ल्यामर क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा आयोजकले झाको यस क्षेत्रमा पुर्याएको योगदानको  खुलेर प्रशंसा गरेका थिए ।


‘मोडलहरूलाई केवल सुन्दर देखिने मात्र होइन, उनीहरूलाई आफ्नो अभिव्यक्ति र प्रस्तुति कसरी प्रभावकारी बनाउने भन्ने कुरामा केन्द्रित भएर काम गर्दै आएको छु। आजको सम्मानले अझ धेरै जिम्मेवारी थपेको महसुस भएको छ’, झाले भने ।
अश्विनीले धेरै वर्षदेखि मोडलहरूलाई तालिम, ग्रुमिङ र व्यक्तित्व विकासमा काम गर्दै आएका छन्। उनले तयार पारेका मोडलहरू केवल र्‍याम्प वा फोटोसुटमा मात्र नभई म्युजिक भिडियोहरूमा पनि प्रस्तुत हुने गरेका छन्। उनीद्वारा प्रशिक्षित मोडलहरू क्यामेराअघि र पछाडि दुवै अवस्थामा उत्कृष्ट देखिन सक्षम हुने भएकाले निर्देशकहरूका लागि काम गर्न सहज बनेको छ।
कोरियोग्राफर अश्विनी यसअघिपनी थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड्स तथा सम्मानहरुबाट सम्मानित भईसकेका छन्।
राष्ट्रिय नाचघर जमलमा सम्पन्न उक्त अवार्ड कार्यक्रममा वरिष्ठ सितार बादिका विजया शर्मालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड नगद रु.१७,६९६ सहित सम्मान गरिएको थियो। वरिष्ट पत्रकार ध्रुव लम्साललाई नगद ८८४८ सहित सगरमाथा कला पत्रकारिता रजत सम्मान, संचारकर्मी शिरोमणि दवाडीलाई सगरमाथा रेडियो पत्रकारिता सम्मान, गीतकार खेमनाथ दाहाललाई संगीत सम्मान, रामराथा थापालाई सगरमाथा समाजसेवा सम्मान, कार्यक्रम व्यवस्थापक संघ नेपालका अध्यक्ष राजेन्द्र लुँइटेललाई सगरमाथा सम्मान, गीतकार लोकराज अधिकारीलाई सगरमाथा संगीत सम्मान, राजन बुढाथोकीलाई सगरमाथा कला सम्मान र राजेन्द्र थापा मगरलाई सगरमाथा सम्मान प्रदान गरिएको थियो ।
यसका साथै उक्त कार्यक्रममा संगीत क्षेत्रमा लागेका कलाकर्मीहरुलाई  बिभिन्न विधागत स्पर्धामा उत्कृष्टटा हासिल गर्ने बिजेताहरुलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*