Breaking News
अजगैबी कप टी-२० क्रिकेट प्रतियोगिता सुरु, पूर्व नगर प्रमुख यादवद्वारा उद्घाटन

अजगैबी कप टी-२० क्रिकेट प्रतियोगिता सुरु, पूर्व नगर प्रमुख यादवद्वारा उद्घाटन

आरएन पटेल, रौतहट, चैत २८ गते।
रौतहटको बौधिमाई नगरपालिका-१ मा अजगैबी युवा क्रिकेट क्लबको आयोजनामा “अजगैबी कप टी-२० क्रिकेट प्रतियोगिता” औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन पूर्व नगर प्रमुख राजीव रंजन यादवले रिबन काट्दै तथा दुवै टोलीका खेलाडीहरूसँग हात मिलाएर शुभकामना व्यक्त गर्दै उदघाटन गरेका हुन।


उद्घाटन समारोहमा प्रमुख अतिथि यादवले खेलकुदलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई शारीरिक तन्दुरुस्ती, अनुशासन र देश-विदेशमा पहिचान स्थापित गर्ने महत्वपूर्ण आधारका रूपमा व्याख्या गरेका छन। उनले सबै खेलाडीलाई आत्मविश्वासका साथ खेल प्रदर्शन गर्न आग्रह गर्दै हार र जितलाई खेलको स्वाभाविक पक्षका रूपमा स्वीकार गर्न सुझाव दिएका छन।


प्रतियोगिताको उद्घाटन खेल बाराको पचरौता नगरपालिका बैरिया टीम र रौतहटको मौलापुर नगरपालिका पतौरा टीम बीच भइरहेको छ। निर्धारित १६ ओभरको खेलमा बैरिया टीमले टस जितेर पहिले फिल्डिङ रोजेको छ भने पतौरा टीम ब्याटिङका लागि मैदानमा उत्रिएको छ।


आयोजक क्लबले प्रतियोगितालाई थप आकर्षक बनाउन विभिन्न पुरस्कारको पनि घोषणा गरेको छ। जसअनुसार कुनै खेलाडीले ह्याट्रिक सिक्स प्रहार गरेमा २०० रुपैयाँ तथा ह्याट्रिक विकेट लिएमा ३०० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले घोषणा गरेको छ।
स्थानीय स्तरमा क्रिकेटको विकास र युवाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले खेलप्रेमीहरूमा उत्साह थपेको आयोजकको भनाई रहेको छ। उदघाटन शत्रको कार्यक्रममा विशिष्ट अतिथि बौधिमाई नगरपालिका वडा नं १ को वडा अध्यक्ष रामजोधी राउत कुर्मी, वडा नं ७ का वडा अध्यक्ष नरेन्द्र कुमार सिन्हा, वडा नं २ का युवा नेता दिलीप कुमार पटेल, पूर्व वडा अध्यक्ष गुदर राय यादव, वडा नं ८ का वडा प्रत्याशी सिकिन्द्र राय यादव, पिपरिया निवासी युवा नेता गजाधर राय यादव, दिनेश राय यादव, प्रतियोगिताको प्रमुख सल्लाहकार समिती सदस्य अखलेश यादव, नन्दकिशोर यादव, धर्मेन्द्र यादव र शिवपूजन यादव लगायत स्थानीय खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*