Breaking News
मानव सेवा केन्द्र गौरमा समाजिक कुरिति विभेद अन्त सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

मानव सेवा केन्द्र गौरमा समाजिक कुरिति विभेद अन्त सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

आरएन पटेल । रौतहट । माघ १० गते
रौतहट सदरमुकाम गौरमा आज समाजिक कुरिति विभेद अन्त सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समाज सुधार अभियान नामक संस्थाको आयोजनामा मानव सेवा केन्द्र गौरको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष राजनारायण साहले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा गौर नगरपालिकी उपप्रमुख किरण ठाकुरले आफनो मन्तव्यको क्रममा हाम्रो समाजमा रहेको सामाजिक कुरिति , कुप्रथा एक दिन अवश्य नव सोच भएको युवहरुले नै मिलेर समाप्त गर्ने विश्वास व्यक्त गरेकी छिन् ।
उनले समाजिक कुरिति , कुप्रथा , कुसंस्कार हाम्रो समाजमा केही व्यक्तीहरुको कारणले गर्दा निरन्तर पाइरहेको समेत जिकिर गरेकी छिन् ।
कार्यक्रममा अतिथीको रुपमा गौर नगरपालिका वडा नम्बर ३ को वडाध्यक्ष श्यामसुन्दर पटेल,जेष्ठ नागरिक विजयकिशोर झा सहित अन्य वक्ताहरुले आ आफनो मनतव्य व्यक्त गर्नु भएको थियो । ७० जना सहभागिता रहेको कार्यक्रममा प्रशिक्षकको रुपमा सरोज कुमार लाल दासले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा विभिन्न सञ्चार माध्यम सँग जोडिनु भएका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*