Breaking News
कटहरियामा पूर्व जनमुक्ति सेना संघ (P.L.A.) रौतहट जिल्ला भेला सम्पन्न

कटहरियामा पूर्व जनमुक्ति सेना संघ (P.L.A.) रौतहट जिल्ला भेला सम्पन्न

आरएन पटेल । रौतहट माघ ११ गते
रौतहटको कटहरियामा आज पूर्व जनमुक्ति सेना संघ नेपाल (P.L.A.) रौतहट जिल्ला भेला सम्पन्न भएको छ । तराई मधेश जनयुद्ध शहीद स्मृति प्रतिष्ठान कटहरिया रौतहटको प्राँगनमा आयोजित कार्यक्रम वडा अध्यक्ष चन्दन कुशवाहाको आयोजनामा भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि रौतहट क्षेत्र नं. ३ का सांसद एवं शहरी विकास मंत्री प्रभु साह तथा बिशिष्ट अतिथि निवर्तमान सांसद समीना हुसैन हुनुहुन्थ्यो । कार्यक्रम संचालन राकेश ठाकुरले गरेका थिए भने कार्यक्रम शुभारम्भ राष्ट्रीय गितबाट गरी पूर्व जनमुक्ति सेनाको ज्ञात अज्ञात सहीद प्रति एक मिनेटको मौन धारण गरिएको थियो ।
रौतहट जिल्लाभरिको खेलाडीहरुको सम्मानको लागि आयोजित कार्यक्रममा करिब दुई दर्जन खेलाडीहरुलाई फूलमाला,टिका लगाई प्रमाण पत्रको साथ सम्मान गरिएको थियो । जनयुद्धका संघर्षशील नेता सागर पासवानले स्वागत मन्तव्य राखेका थिए भने आफ्नो मन्तव्य राख्दै रौतहट क्षेत्र नं. ३ का प्रदेश सांसद कुन्दन कुशवाहाले पूर्व जनमुक्ति सेनाका सदस्य लगायत युवा खेलाडीहरुलाई अभिवादन गर्दै खेलले खेलाड़ी मात्र नभई सबै मानव जीवनलाई स्वस्थकर बनाउने भएकोले रौतहटका सम्पूर्ण युवा खेलाडीहरुलाई खेलमा बिशेष ध्यान दिई जिल्लाको नाम रौशन गर्न अनुरोध गर्नु भयो । साथै पूर्व जनमुक्ति सेनाको बलिदानीले मात्र अहिले गाउगाउमा सिंहदरबार आएको र देश बिकासमा सहयोग पुगेको उहाँले बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि निवर्तमान सांसद समीना हुसैनले युवावर्ग, खेलाड़ी तथा जनमुक्ति सेना भन्नाले पुरुष मात्र नभएर महिलाको पनि सहभागिता रहेको बताउनु भयो। सांसद हुसैनले देश विकासको लागि नेकपाको ओली समूह र रौतहटको विकासको लागि प्रभु साह बाहेक अरु बिकल्प नभएको दाबी गरे ।
कार्यक्रमका प्रमुख अतिथि रौतहट क्षेत्र नं. ३ को संघीय सांसद एवं शहरी विकास मंत्री प्रभु साहले जिल्ला भरिको विभिन्न खेलहरुमा आवद्ध खेलाडीहरुलाई सम्मान गर्दै देश परिवर्तनमा अहम भूमिका खेलेको अग्रपंतिमा युद्ध गरेको र देश बिकासमा सहयोग गरेका जनमुक्ति सेनाका लड़ाकूहरुसंग फ़ोटो सेशन गरी सम्मान गरेका थिए। खेलाडीहरुले खेल विकासको लागि तथा जिल्लाको पहिचानको लागि नकारात्मक बिषयवस्तुलाई छोडदै राम्रो पक्षलाई मात्र ध्यानमा राखेर मिहिनेत गरे सफलता अवश्य मिल्ने बिश्वास दिलाउनु भयो।
कार्यक्रमको अध्यक्षता गर्दै वडा अध्यक्ष चन्दन कुशवाहाले खेलाडीहरुको पहिलो सम्मान कार्यक्रममा भएको कमी कमजोरीलाई ध्यानमा नराख्न आग्रह गर्नु भयो। साथै अबदेखि हरेक वर्ष खेलाडीहरुलाई सम्मानको कार्यक्रम समेत राख्ने आश्वासन दिनुभयो । कार्यक्रममा अतिथीको रुपमा रौतहट क्षेत्र नं. २ ”ख” को विधायक प्रत्यासी राजन यादव, नेकपाको प्रभावशाली युवा नेता शिवप्रकाश कौशल, भद्रभलादमी,नेता कार्यकर्ता तथा विभिन्न संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*