Breaking News
इनरवाका आगलागी पीडितलाइ मलेसियामा कार्यरत नेपाली कामदारहरूले गरे राहत सहयोग

इनरवाका आगलागी पीडितलाइ मलेसियामा कार्यरत नेपाली कामदारहरूले गरे राहत सहयोग

आरएन पटेल । रौतहट । माघ १२ गते
रौतहटको बौद्धिमाई नगरपालिका वड़ा नं. २ इनर्वामा भएको आगलागी पीडितलाई मलेसियाको Kossan कम्पनीमा कार्यरत नेपाली कामदारहरूले राहत सहयोग गरेका छन् ।

आज साेमबार आगलागी पिडितलाई न्यानो राहत सामाग्री तथा आर्थिक सहयोग कार्यक्रम आयाेजन गरि उपलब्ध गराईएकाे छ । मलेसिया स्थिति काेसान कम्पनीमा कार्यरत नेपालीहरूले आफनाे पारिश्रमिक बाट जम्मा गरि पिडितलाई सहयोग गरेकाे हाे । आगलागीबाट गाउँले घरबार बिहिन भएको खबर सुनेपछि रौतहटको बौद्धिमाई नपा -२ ईनरवाका यूवा कामदार सुरेन्द्र गुप्ता बनिया कम्पनीमा नेपाली लीडर जाे कामकाे सिलसिलामा मलेसियामा छन् उनीहरूले एउटा राहत अभियान चलाई पैसा संकलन गरेका थिए ।


साे कम्पनीमा कार्यरत नेपालका मजदुर सुरेन्द्र बनिया र रमेश बिककाे नेतृत्वमा सम्पूर्ण नेपालीहरूले नगद जम्मा गरि पिडितलाई पठाएको थियोे । उनीहरूले पठाएको ३३ हजार नगद सहित १७ हजार बराबरको विभिन्न सामग्रीहरु गरेर जम्मा ५० हजार रकम बराबरको राहत पैकेज पिडितलाई दिईएकाे थियो । वडा प्रत्यासी धर्मेन्द्र पटेल ,स्थानीय न्यूज डट कम का संचालक तथा प्रबंधक सञ्चारकर्मी आरएन पटेल र बज्जिकाञ्चल खबरका सञ्चालक आरके श्रीवास्तव सहित स्थानीय भद्रभलादमीहरूकाे राेहबरमा
आगलागी पिडित रामप्रसाद महतो नुनियालाई राहत सामाग्री सहित नगद हस्तान्तरण गरिएको थियाे । नगर हस्तान्तरण धर्मेन्द्र पटेलले पिडित नुनियालाई गरेका थिए । राहत सामाग्रीहरूमा सुत्ने बेड १ थान , डसना १ , बेड सिट , चमाल १ बोरा, दाल ,करूतेल ,लुगा धुने सर्फ ५ किलाे ,सबुन ,म्याट , कठाैती , जग ,बाल्टी सहित अन्य विभिन्न सामानहरू सञ्चारकर्मी आरएन पटेलले उपलब्ध गराएका थिए ।


आगलागिमा परेर महतोको चार वटा चौपाया पशु,खानेकुरा,अन्न – चामल, धान,गेहूँ, लताकपडा,भाँडाकुँडा, गर-गहना लगायत ज्यु जान बाहेक सबै कुरा जलेर नष्ट भएको थियो ।
पीड़ित परिवारलाई बिपदको समयमा धैर्य धारण गर्न विश्वास दिलाउदै राहत सामाग्री उपलब्ध गराईएकाे हाे । यस अवसरमा पीडितलाई सहानुभूति दिन स्थानीय बासी, छर-छिमेकीहरु तथा सर्व साधारणको उपस्थिति रहेको थियो।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*