Breaking News
पूर्व जनमुक्ति सेनाको बलिदानीले गाउगाउमा सिंहदरबार :- प्रदेश सांसद कुशवाहाको भनाई

पूर्व जनमुक्ति सेनाको बलिदानीले गाउगाउमा सिंहदरबार :- प्रदेश सांसद कुशवाहाको भनाई

आरएन पटेल । रौतहट माघ ११ गते
रौतहटको कटहरियामा आज पूर्व जनमुक्ति सेना संघ नेपाल (P.L.A.) रौतहट जिल्ला भेला सम्पन्न भएको छ । तराई मधेश जनयुद्ध शहीद स्मृति प्रतिष्ठान कटहरिया रौतहटको प्राँगनमा आयोजित कार्यक्रम वडा अध्यक्ष चन्दन कुशवाहाको आयोजनामा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रौतहट क्षेत्र नं. ३ का सांसद एवं शहरी विकास मंत्री प्रभु साह तथा बिशिष्ट अतिथि निवर्तमान सांसद समीना हुसैन हुनुहुन्थ्यो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै रौतहट क्षेत्र नं. ३ का प्रदेश सांसद कुन्दन कुशवाहाले पूर्व जनमुक्ति सेनाका सदस्य लगायत युवा खेलाडीहरुलाई अभिवादन गर्दै खेलले खेलाड़ी मात्र नभई सबै मानव जीवनलाई स्वस्थकर बनाउने भएकोले रौतहटका सम्पूर्ण युवा खेलाडीहरुलाई खेलमा बिशेष ध्यान दिई जिल्लाको नाम रौशन गर्न अनुरोध गर्नु भयो । साथै कार्यक्रममा खेलाडीहरुलाई सम्मान हुँदा आफु गौरवान्वित भएको अनुभूति दिलाउदै पूर्व जनमुक्ति सेनाको बलिदानीले मात्र अहिले गाउगाउमा सिंहदरबार आएको र देश बिकासमा सहयोग पुगेको उहाँले बताउनु भयो । देशमा अहिले आएको प्रस्थिति एउटै पार्टीका दुई पक्षबिच भएको असमझदारिको कारण भएको तथा दुई पक्ष मध्ये एउटा पक्ष दोषी र अर्को पक्ष निर्दोष रहेको साथै दोशीलाई सजाय समेत हुनलाई आगामी चुनावको आवश्यकता रहेको बताउनु भयो । चुनावले देश नया मुहार फेर्ने जसले गर्दा सम्पूर्ण देश बिकासमा तीब्रता आउने तथा युवावर्ग लगायतमा अबको अवस्थामा तीब्र सम्पन्नता , आत्मनिर्भरता को आवश्यकता रहेको र यसलाई युवावर्गले सजिलै परिवर्तन गर्न सकने भएकोले पूर्व जनमुक्ति सेनाका सदस्य तथा आजका युवाहरुले तीब्र सम्पन्नता र तीब्र विकासको लागि अगाडी बढेर संघर्ष गर्न अनुरोध गर्नु भयो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*