आरएन पटेल । रौतहट । माघ १३ गते
रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्ग तस्करी गरि ल्याएको १० वटा भैंसी भन्सारमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले ईशनाथ नगरपालिका वडा नं.५ मोतिपुर स्थितमा भारतबाट भन्सार छली चोरी पैठारी गरी भैंसी र पाडो धपाई नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । तस्करहरु प्रहरी टोलीलाई देखे पछी भैसी छाडी भागी फरार भएकोले प्रहरी टोलीले अन्दाजी मुल्य रु.२,५०,०००।-(दुई लाख पचास हजार) बराबरको ८ वटा थारो भैंसी र २ वटा पाडो समेत गरी जम्मा १० वटा भैंसी र पाडो बरामद गरेको छ । बरामद गरेको भैसी कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
Sthaniya News
